Comments Add Comment

सार्कमा पनि भारत-पाकिस्तान द्वन्द्वको छायाँ देखियो

Pakistan-india-flag
९ मंसिर, काठमाडौ । काठमाडौबाट सुरु भएको १८ औं सार्क शिखर सम्मेलनमा नेपालले भारतबाट केही गाडीमा भाडामा त केही निःशुल्क ल्याएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै गाडी लिएर आउने भएकाले अन्य ६ देशका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई सरकारले प्लेनबाटै गतसाता गाडी ल्याएको थियो । तर भारतबाट ल्याएको गाडीमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ नचढ्ने बताएपछि नेपालका उच्च अधिकारीहरु अचम्ममा परेका छन् । सरिफ मंगलवार आफ्नै गाडीसहित नेपाल आउँदैछन्, दृष्टि साप्ताहिकमा छ ।

सार्कका अन्य सवै राष्ट्रका प्रमुखहरुले जुन गाडी भए पनि मतलव राखेका छैनन् तर पाकिस्तानी पक्षले भने भारत सरकारले सापटी स्वरुप दिएका गाडी आफूले नचढ्ने बताएर सम्मेलनको पूर्वसन्ध्यामा दुई देशबीचको चिसोपनालाई झन् बल्झाउने काम गरेको छ ।

दक्षिण एसियाली मुलुकहरुबीच समृद्धि ल्याउने उद्देश्यले स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनमा सधैंभरी भारत पाकिस्तान सम्बन्धले चर्चा पाउने गर्दछ । दुई देशबीचको चिसो सम्बन्धले नै सार्क राष्ट्रहरुबीच राम्रो विकास र साझेदारीमा राम्रो समन्वय हुन सकेको छैन । काठमाडौमा हुन गइरहेको १८ औं सार्क सम्मेलनमा पनि भारत र पाकिस्तानबीच सम्बन्ध सुमधुर हुने सम्भावना देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment