Comments Add Comment

गढीमाईको मेलामा मनाङे डनको धन्दा

९ मंसिर, काठमाडौ । गुण्डागर्दीको आवरणमा अकूत सम्पत्ति कमाएको आरोपमा पाँच जना डनविरुद्ध मुद्दा चलाइए पनि त्यसको अझै फैसला भएको छैन । सम्पूर्ण सम्पत्ति रोक्का भएपछि उनीहरु सडकमा आउने धरैको आंकलन थियो । तर मुद्दा चलाइएकाहरु पहिले भन्दा रवाफिलो जिन्दगी बाँचिरहेका छन् । विभिन्न ब्यक्तिको नाममा लुकाएको कालोधन र छुटे पनि पुरानै धन्दा चलाएर उनीहरु करोडौं कमाइसकेका छन् ।

dipak-manangeअहिले धनी डनहरुमध्ये एक हुन् दीपक मनाङे । सम्पत्ति सुद्धिकरण मुद्दामा दुई करोड ९० लाख धरौटी राखेर छुटेका उनी अहिले पनि ठमेलमा धन्दा चलाइरहेका छन् । त्यसका साथै विभिन्न प्रकारका एक दर्जन ब्यवसायमा उनी आवद्ध छन् ।

चीनको स्याउ भारतमा लगेर बेच्नेदेखि जडिबुटीको ब्यापारमा समेत उनी लागेका छन् । पछिल्लो समय उनले नयाँ ब्यापार थालेका छन् । राँगा, भैंसीको मासु इण्डोनेसिया निर्यात गर्ने काममा उनी लागेका छन्, दृष्टि साप्ताहिकमा खबर छ ।

केही समयअघि आफ्ना सहयोगीहरुलाई इन्डोनेसिया पठाएर उनले त्यससम्बन्धी सम्झौता गरिरहेका छन् । स्रोतका अनुसार अहिले गढीमाई मेलामा काटिने राँगा भैसीको मासु पनि उनले इन्डोनेसिया पठाउँने भएका छन् । त्यसका लागि उनले काम सुरु गरिसकेका छन् । करोडौंको मासु उनले निर्यात गर्ने स्रोत बताउँछ ।

ब्यापारिक माइन्ड भएका मनाङे ठमेलमा बियरका बोतलहरु बटुलेर बेच्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment