Comments Add Comment

मंगलवारका पत्रिकामा विजनेश खबर

मंगलवार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा रणनीतिक सडक समयभन्दा दुई वर्षअगावै, नेपाल-भारतबीच सात वटा सम्झौता हुने, भारतको सहुलियत ऋण उर्जा र पूर्वाधारमा लगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।
कारोबार दैनिकमा रणनीतिक सडक समयभन्दा दुई वर्षअगावै, पेट्रोलमा साढे २ र डिजेलमा दुई रुपैंयाँ घट्यो, रेल्वे यातायात र उर्जा सम्झौता नहुनेलगायतका खबर छन् ।
आर्थिक दैनिकमा नेपाल-भारतबीच सातवटा सम्झौता हुने, कच्चा तेलको मूल्य ६० डलरमा झर्ने, पौने तीन खर्बका नोट चलनचल्तीमा, उपभोक्ता ग्यासको मूल्य ब्यवसायिक प्रयोजनमा खर्च लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्ट अर्थतन्त्रमा भारतको सहुलियत ऋण उर्जा र पूर्वाधारमा, वैदेशिक रोजगारमा घटेन दलालको बिगबिगी, फेरि घट्यो इन्धनको मूल्य लगायतका खबर छन् ।
नागरिकमा प्रधानमन्त्री गुहार्दे भोटेकोसी, दूरसञ्चार अनुमति अधिकार दुई निकायलाई, विषादीबिनै फल्ने आलुको बीउ तयार, भेट्रोलियमको भाउ घट्यो, आज पोखरा-काठमाडौ उडान नहुने लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment