Comments Add Comment

काठमाडौंमा दक्षिण एसियाका ७ शीर्ष नेताको जमघट

Modi-in-kathmandu-for-SAARC९ मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलनमा भाग लिन ७ सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आएका छन् ।

बुधबारदेखि सुरु हुने सम्मेलनमा सहभागी हुन सबैभन्दा पहिले श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्ष काठमाडौं आएका थिए । श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक विशेष विमानबाट राजपाक्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

उनलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्याल लगायतले राजपाक्षको स्वागत गरेका थिए ।

राजपाक्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर मार्फत् बुद्धको जन्मस्थल लुम्विनी गइ पुनः काठमाडौं फर्किएका छन् ।

18th Saarc Summit at kathmandu nepal Mahida Rajpak6e

राजपाक्षपछि अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी नेपाल आएका थिए । बिहान ११ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायतले स्वागत गरेका थिए ।

घानीले मंगलबार नै राष्ट्रपति डा. रामवरण यादवसँग शीतल निवासमा भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय एवम् सार्क सदस्य राष्ट्रबीचको अन्तर-सम्बन्धबारे छलफल भएको थियो । अफगानिस्तान सार्कको सबैभन्दा कान्छो सदस्य राष्ट्र हो ।

यो पनि पढनुहोस्- तस्वीरमा सार्क प्रमुखहरुको स्वागत (फोटोकथा)

यसैगरी भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे पौने १२ बजे काठमाडौं आएका थिए । तोब्गेलाई उपप्रधानमन्त्री बामदेव गौतमले विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानी प्रधानमन्त्री पछि माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुम सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । उनलाई पनि उपप्रधानमन्त्री गौतमले विमानस्थलमा स्वागत गरेका थिए ।

यामिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । उनी पौने ३ बजे काठमाडौंमा ओर्लिएका थिए । मोदीलाई उपप्रधानमन्त्री वामदेव गौतमले विमानस्थलमा स्वागत गरेका थिए । काठमाडौं आएलगत्तै उनी ट्रमा सेन्टर उदघाटन लगायतका बिभिन्न कार्यक्रममा सरिक भएका थिए । मोदीले यसअघि गत साउन १८ गते पनि नेपाल भ्रमण गरेका थिए ।

यो पनि पढ्नुहोस्-सार्कका बेला सुनसान सडकमा जे देखियो (फोटो कथा)

मोदीपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । उनी अपरान्ह पौने चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आउने अन्तिम पाहुना बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद रहिन् । उनी सवा चार बजे काठमाडौं आएकी थिइन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले विमानस्थलमा स्वागत गरेका थिए ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह

पाहुनालाई पन्चेबाजाबाट स्वागत

सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका ७ मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाइएको छ । उनीहरुलाई विमानस्थलबाट कडा सुरक्षा घेरामा राखेर सोल्टी होटलसम्म पुर्‍याइएको थियो ।

होटलमा प्रवेश गर्नासाथ पन्चेबाजाले स्वागत गरिएको थियो । नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक सुवेदार नलबहादुर सुन्दासको नेतृत्वको ब्रान्डबाट हरेक राष्ट्राध्यक्ष/सरकार प्रमुख प्रवेश गर्दा पञ्चेबाजा बजाएर स्वागत गर्ने व्यवस्था होटलले नै गरेको हो ।

यो पनि पढ्नुहोस्-  त्रिभुवन विमानस्थलमा कृष्णप्रसाद दम्पतीको कन्तबिजोग !

अतिथिहरुको स्वागतको लागि राजधानीका मुख्य मुख्य सडकको छेउँमा पनि बाजागाजा तथा विभिन्न जातजातिका भेषभूषा झल्किने पहिरनसहित सांस्कृतिक टोलीहरू परिचालन गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गैरीगाउँ, तिनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी र सोल्टीमोडमा साँस्कृतिक टोलीलाई राखिएको थियो । यसको संयोजन सांस्कृतिक संस्थान र राष्ट्रिय नाचघरले गरेका थिए । 650 (2)650 (3)

650 (4)

र, अन्त्यमा यी पनि- 

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment