Comments Add Comment

बिहेपछि रेजिनाले भनिन्- श्रीमानको माया अनुभव गर्नै पाइन

rejina-upreti-marriage-2
काठमाडौ । तीन वर्ष लामो प्रेमपछि बिबाह गरेकी हुन् नायिका रेजिना उप्रेतिले । बेलायत बस्दै आएका सुरज पोखरेलसँग गएको फागुनमा बिबाह गरेकी रेजिना अहिले भने काठमाडौमा एक्लै छिन् । श्रीमानसँग दिनमा दुई चार मिनेट कुराकानी र च्याट गरेरै न्यास्रो मेटने गरेकी छिन् उनले ।

बिहेपछि श्रीमान् श्रीमतीबीचका रमाइला क्षण बिताउनै बाँकी रहेको उनको भनाइ छ । ‘बिहे गरेको तेस्रो दिनमै श्रीमान बेलायत हिडिहाल्नु भयो कसरि रमाइलो गर्ने ?’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन ‘मैले त श्रीमानबाट पाउने माया कस्तो हुन्छ अनुभव गर्नै पाएको छैन ।’

कुनै फिल्मी दृष्यजस्तो उनको अबस्था अहिले । श्रीमान सात समुन्द्र पारि छन् भने श्रीमती घरमा । काठमाडौमै रहेको घरमा नन्द र देवरको साथमा बसेकी रेजिनाले नन्दहरु आफ्नै उमेरका भएकाले दैनिकी बिताउन भने सजिलो भएको बताइन् ।

‘हामी त दिदी बहिनी जस्तो बनेर बसेका छौं कुनै समस्या छैन ।’ उनले भनिन् ।
नन्दहरुको साथी जस्तो बने पनि सिंगो घर चलाउने जिम्मा भने उनकै रहेछ । ‘म त साथी मात्रै हैन अभिभावक पनि हुँ, छोराको जिम्मेवारी सम्हालेर बसेकी छु ।’ रेजिनाले भनिन् ।

घरमा दैनिक आवश्यक पर्ने आलु, प्याज र सागसब्जी मात्रै हैन नन्दहरुलाई सपिङ पनि उनैले गरिदिने गरेकी छिन् । गाउँको घरमा के आवश्यकता पर्छ त्यसमा पनि उनैले चासो दिने गरेकी छिन रे ।

रेखासँग कुरा हुन्छ

डेढ वर्ष भयो उनले कुनै फिल्ममा काम नगरेको । तत्काल अभिनय गर्ने योजना पनि छैन उनको । ‘संख्या बढाउने मात्रै काम गर्दिन । राम्रो विषय पाएँ भने मात्रै काम गर्छु ।’ उनले भनिन् ।

फिल्ममा काम नगरेकै कारण उनको फिल्मकर्मीसँगको संवाद पनि पातलिएको छ । रेखासँग अलि बढी कुरा हुन्छ भने कहिलेकाहीँ अरुणिमा लम्सालसँग पनि । नृत्य निर्देशक गोबिन्द राई र कमल राईसँग पनि कहिले काँही भेट हुने गरेको सुनाइन् ।

रेखाको निर्देशन रहेको फिल्म ‘हिम्मतवाली’ हलमा गएर टिकट काटेरै हेरेकी थिइन् उनले । अन्य फिल्म लाग्दा पनि हलमै गएर हेर्ने गरेकी छिन् । ‘हामी आफैले फिल्म हेरेनौं भने, अरुलाई पनि फिल्म हेर्दिनुस् है भन्ने नैतिक हैषियत गुम्छ हाम्रो ।’ उनको भनाइ थियो ।

नेपालमै केही गर्ने योजना

अहिले फिल्म उद्योगवाट टाढा रहेपनि फिल्म क्षेत्रमै फेरि जोडिने योजना छ उनको । बिबाहपछि श्रीमानसंगै बेलायत नजानुको कारण पनि त्यहि हो रे । ‘मलाइ यहि देशमा केही गर्ने मन छ, त्यहि भएर म नगएकी हुँ।’ उनले भनिन् ।

श्रीमानले आफुले अहिले गर्दै आएको ब्यापार नेपालवाटै गर्ने ब्यबस्था मिलाउँदै गरेको जानकारी दिंदै उनले भनिन ‘भविष्यमा फिल्म निर्माण र निर्देशनकै काममा सक्रिय हुन्छु ।’ उनको त्यो कामलाई श्रीमानले पनि सघाउने बचन दिएका रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment