Comments Add Comment

बुढेसकालमा गोबिन्दा पनि सिक्स प्याकमा सजिए

govinda(1)

मुम्बइ । पुरुषका लागि सिक्सप्याक सवैभन्दा मूल्यवान सम्पत्ति हो । शाहरुख खान, अमिर खान, ऋतिक रोशन र अजय देबगणपछि अभिनेता गोबिन्दाले पनि सिक्स प्याक बनाएका छन् ।

यसअघि ज्यान बनाउने काममा अल्छि गरेका गोबिन्दाले फ्यानहरुको इच्छा अनुसार सिक्स प्याक बनाएको दाबी गरेका छन् ।

हालै प्रदर्शित चलचित्र ‘ह्याप्पी इन्डिङ’ मा बलिउड सुपरस्टारको भुमिका निर्वाह गरेका थिए उनले । केही वर्ष यता फिल्ममा कमै देखिएका गोबिन्दाले यशराज फिल्मसको ब्यानरको निर्माण भएको फिल्ममा फिल्म ‘किल दिल’ मा खलनायकको भुमिका निर्वाह गरेका छन् ।

९० को दशकको चर्चित नायक गोबिन्दाको हिरो नम्बर वान, साजन चले ससुराल, हसीना मान जाएगी, बडे मिया छोटे मिया लगायतका दर्जन बढी फिल्म निकै चर्चित भएको थिए ।

अभिनय गर्दा गर्दै सांसद समेत भएका गोबिन्दाले राजनीतिमा लागेर खासै उपलब्धि हासिल गर्न सकेनन् तर, आलोचना प्रसस्तै भयो । नृत्यमा राम्रो दखल भएका गोबिन्दा आगामी दिनमा फरक भुमिकामा प्रस्तुत हुने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment