Comments Add Comment

एनआरएन भवन बनाउन हङकङबाट ७० लाख संकलन

hongkong-2
हङकङ । गैरआवासीय नेपाली संघको काठमाण्डौंमा आफ्नै केन्द्रिय कार्यालय भवन बनाउने हङकङस्थित गैरअवासीय नेपालीहरूले ७० लाख रूपैयाँ संकलन गरेका छन् ।

गैरआवासीय नेपाली संघ हङकङ कार्य समितिले गत आइतबार आयोजना गरेको रात्रीभोजमा कार्यसमिति सदस्य, सल्लाहकार, बिभिन्न सामाजिक संघसंस्थाका अगुवाहरु, बौद्विक तथा व्यापारिक व्यक्तित्वहरुबाट ७० लाख रूपैयाँ संकलन भएको हो ।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थीतिमा आइतबार चिमशाचुईस्थित मीरा आर्केडमा रहेको कवाव फ्याक्टरी रेष्टूरेण्टमा आयोजित च्यारिटी डिनर पार्टीमा उपस्थीत गैरआवासीय नेपाली अभियन्ताहरूले आफ्नै भवन बनाउने काममा हातेमालो गरेका हुन् ।

उनीहरूसहित हङकङबाट केन्द्रिय सल्लाहकारमा चुनिएका पूर्व अध्यक्ष त्रिलोक गुरुङ र संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे तथा केन्द्रिय सदस्य जेएन ज्ञवाली लगायतका अगुवाबाट करिव ६० लाख र कवाव फ्याक्टरीमा प्रबन्धक राजेशकुमार भिमसरियाबाट १० लाख गरि ७० लाख नेपाली रकम संकलन गरिसकेको छ ।

एनआरएन एनसीसी हङकङले आउने डिसेम्बर महिनाको २० तारिखसम्म सहयोग रकम संकलन गर्ने हुदाँ हङकङबासी नेपालीहरूबाट अझै थप रकम सहयोग हुने कुरामा विश्वस्त हुँदै अन्तिम समय सम्ममा सहयोग रकम अझै बढ्ने संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए । एनसीसी हङकङलाई आफ्नो क्षेत्रबाट करिब ३० लाख नेपाली रकम संकलन गर्नुपर्ने लक्ष्य रहेको थियो ।

hongkong-1

हङकङ कमिटीका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा आयोजित च्यारिटी डिनरमा केन्द्रिय अध्यक्ष घलेले आफ्नो मन्तव्यको क्रममा धेरै निजी कामहरु थाँती राखेर गैरआवासीयको आफ्नै भवन बनाउने यो कार्यमा खटेको र विश्वका धेरै मुलुकहरूबाट टार्गेट गरेको रकम भन्दा उत्साजनकरुपमा सहयोग रकम संकलन भैरहेको बताए । विश्वका नेपालीहरूको यो उत्साहजनक सहयोगले गर्दा भवन चाडैं बन्नेकुरामा आफू ढुक्क भएको उनले बताए ।

कार्यक्रममा भवन निर्माणका लागि हङकङबाट सहयोग संकलन समितिका संयोजक दिलिप गुरुङले समितिले गरेको कार्यहरूले संकलित रकमकोबारेमा जानकारी दिए । उपाध्यक्ष टीका गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचिव बिनय शाहले संचालन गरेका थिए ।  कार्यक्रममा हङकङको निजी भ्रमणमा रहेका केन्द्रीय कानूनी सल्लाहकार दिनेश त्रिपाठीको पनि उपस्थिति रहेको थियो ।

केन्द्रिय अध्यक्ष शेष घले कार्यालय भवन बनाउन लाग्ने रकम संकलनको लागि विश्वका ७० वटा मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघका सदस्यहरूसँग भेटघाटको सन्दर्भमा आइतबार बिहान हङकङ आएका थिए । हङकङ चेकलाप कोक एयरपोर्टमा अध्यक्ष घलेलाई गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष दुर्गा गुरुङ तथा कार्य समिति र सल्लाहकारहरूको टोलीले स्वागत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment