Comments Add Comment

अष्ट्रेलियामा घरवार जोड्ने सुनिताको चाहना

sunita-dulal
काठमाडौ । गायिका सुनिता दुलाले अष्ट्रेलियामै घरजम गर्ने चाहना ब्यक्त गरेकी छिन् ।

अहिलेसम्म सिंगल रहेकी सुनिताले अष्ट्रेलियामा हुने कार्यक्रमलाई सम्बोधन गर्दै यसपाली आफ्नो पनि घरजम होला कि भन्ने संकेत गरेकी छिन् ।
अष्टे्रलियामा बसोवास गर्ने नेपालीको तारिफ गरेकी सुनिताले अहिलेसम्म कुनै पनि पुरुष आफ्नो जीवनमा नआएको दावी गरिन् । तर, उनी आफ्नो भावनाको कदर गर्ने कुनै पुरुष भेटियो भने घरजमका लागि राजी हुनेछिन् । कुराकानीका क्रममा उनले हाँस्दै भनिन ‘नेपाली मुलकै तर, अष्ट्रेलियामै बस्दै आएको तन्नेरी भेटन पाए झन राम्रो हुन्थ्यो ।’

अष्ट्रेलिया नेपाल पब्लिक लिंकको आयोजनामा अष्ट्रेलियाको विभिन्न शहरमा हुन गइरहेको ‘स्पन्दन साँझ’ मा सहभागी हुन पुगेकी सुनिताले अष्ट्रेलियावासी नेपालीले नेपाली गीत संगीतलाई धेरै माया गरेको सुनाइन् ।

अन्य विभिन्न मुलुकको भ्रमण गरिसके पनि अष्ट्रेलियाको सांगीतिक यात्रा पहिलो भएको जानकारी अनलाइनखबरलाई दिंदै उनले भनिन ‘यहाँका दर्शकलाई गीत सुनाउन पाउँदा असाध्यै खुसी छु ।’

२२ नोभेम्बरमा सिडनीमा आयोजित कार्यक्रममा गीत प्रस्तुत गरेकी सुनिता २८ नोभेम्बरमा बि्रनवेस, २९ मा मेलवर्न र ५ डिसेम्बरमा तास्मेनियामा गीत प्रस्तुत गर्ने योजनामा छिन् ।

सोही कार्यक्रममा नायिका केकी अधिकारी र अर्का लोक गायक पशुपति शर्मा पनि सहभागी छन् । केकीले विभिन्न नेपाली गीतमा आकर्षक नृत्य गरेकी थिइन् भने शर्माले मलाइ ‘अमेरिका यहि… लगायत अन्य चर्चित गीत गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment