Comments Add Comment

बिष्ट जनसम्पर्क समिति अमेरिकाको सभापतिमा निर्वाचित 

jana sampark-USAविजय थापा

भर्जिनिया । जनसम्पर्क समिति अमेरिकाको दोस्रो अधिबेशनमा भएको निर्वाचनमा आनन्द बिष्ट (गोरखबहादुर बिष्ट) बिजयी भएका छन् । उनले २८० मत प्राप्त गरी ७२ मतको अन्तरमा बिजय हासिल गरे भने उनका निकटम प्रतिद्वन्दी नेपाली जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदीले २०८ मत प्राप्त गरे ।

नवनिर्वाचित विष्टले महानायक वीपी कोइरालाको सम्झना गर्दै भारतको प्रवासको बसाइबाट प्रारम्भ गरेको जनसम्पर्क समितिको अवधारणा अन्तर्गत अमेरिकामा भएको सङ्गठनमा आफू निर्वाचित हुन पाउदा हर्ष ब्यक्त गर्दै विगतका तिक्तताहरुलाई भन्दा सङ्गठनलाई आगामी दिनमा कसरी चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा आफू लागि पर्ने नव निर्वाचित सभापति विष्टले प्रतिबद्धता जनाए ।

आनन्द बिष्ट (गोरखबहादुर)
आनन्द बिष्ट (गोरखबहादुर)

मन्तन्य कै क्रममा अध्यक्ष पदका प्रत्याशी रहेका र निर्वाचनमा पराजित हुन् पुगेका विष्णु सुवेदी तथा अर्जुन बन्जाडेले नव निर्वाचित सभापति विष्टलाई वधाई दिदै सङ्गठनको हितमा लाग्न सुझाव दिएका थिए ।

वरिष्ठ उप-सभापतिमा बिजयी भएका धनन्जय नरसिंह केसीले एकताको लागि अधिवेसन भएकोले अनेकतामा फुट हुने र एकतामा जुट हुने हुनाले अब लामो समयदेखि परेको गाँठो अब फुकिएको बताए l एकतामा विकास हुने र अनेकतामा बिनास हुने भएकोले एकता जरुरि भएकोले अधिवेसनले समाधान गर्न सकेकोमा हर्ष व्यक्त गरे ।

आन्तरिक विवाद र कलहबाट लामो समयसम्म थलिएको जनसम्पर्क समिति अमेरिकाको एकताको दोस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न भएको छ । उक्त अधिवेसनमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उद्घघाटन गरेका थिए भने शनिबार उद्घघाटन, बन्द सत्र र आइतबार बिहान १० बजे बिहान सुरु भएको मतदान साँझ ६ बजे सम्म जारी रहेको थियो ।

अधिवेशनमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख एवं केन्द्रीय सदस्य अर्जुन जोशी,केन्द्रीय सदस्यहरु डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे,  दीपक गिरी, सभासद एवं नेपाली कांग्रेस तनहुँका सभापति ध्रुव वाग्ले, युवा नेता विश्वप्रकाश शर्मा, वरिष्ठ पत्रकार हरिहर विरही लगायतका नेताहरु सहभागी रहेका थिए ।

जनसम्पर्क समिति अमेरिकाको नव निर्वाचित कार्यसमितिमा सभापतिमा आनन्द बिष्ट (गोरखबहादुर बिष्ट) वरिष्ठ उप-सभापतिमा धनन्जय नरसिंह केसी तथा उप-सभापतिहरुमा क्रमस चेतप्रसाद पौडेल, भगवानप्रसाद मैनाली तथा धर्मराज श्रेष्ठ बिजयी भएका छन् ।

यसैगरि मुनिन्द्र नेम्वाङ महासचिव, सचिवमा ईश्वर सापकोटा तथा भोजराज थोकर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विजय थुलुङ्ग बिजयी भएका छन् ।

यसैगरि सदस्यहरूमा प्रमोद सिटौला, मायाँ कडायत पौडेल, रबिन बस्नेत, अमृत भट्टराई, गोकुल ढकाल, ज्ञानेन्द्र कार्की, गोपाल बिश्वकर्मा, हरी शर्मा, हरिबोल भण्डारी, केशब बराल, किलन्चन्द्र राई, लोकबहादुर लामा, मान्ती कुमारी शाह, ओम भटराई, पबिता परियार, पिताम्बर भुसाल, सन्तोष पहारी, सुभेन्द्र रानाभाट, सुबास लामा तथा सुन्दर कुमार गुरुङ बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment