Comments Add Comment

बाबुरामले भने-‘सधै टुल्के बनिरहनु पर्दैन’

baburam-bhattaraiFINAL
काठमाडौ । पूर्व प्रधानमन्त्री एवं माओवादी नेता डा. बाबुराम भट्टराईले नेपाली नागरिक सधै टुल्के बनिरहन नपर्ने बताएका छन् ।
नेपाली समाज धेरै अगाडी बढिसकेकाले ‘टुल्केहरु’ अब ‘टलकजंग’ बन्ने प्रकृयामा अघि बढेका छन् ।

निश्चल बस्नेत निर्देशित फिल्म ‘टलकजंग भर्सेज टुल्के’ हेरेर निस्किएका भट्टराइलाई फिल्मका कार्यकारी निर्माता रबीन्द्रसिंह बानियाँले प्रश्न गरेका थिए- डा. साब हामी कहिलेसम्म टुल्के बनिरहने ? जवाफमा भट्टराइले भने ‘अब धेरै छैन । समाज बद्लिंदै छ ।’

फिल्म कुनै पार्टीको पक्षमा नभएकोमा पनि भट्टराइले निर्देशकको प्रसंसा गरेका थिए । भट्टराइको भनाइ उद्धृत गर्दै निर्माता बानियाँले भने ‘आम जनताले भोगेको वास्तविक कथामा फिल्म बनाउनु भएको रहेछ, राम्रो लाग्यो ।’

डा. भट्टराई बुबा र श्रीमतिलाई लिएर चाबहिलस्थित गोपीकृष्ण हलमा फिल्म हेर्न पुगेका थिए । एक हप्ता अगाडी पनि उनी दीपा बस्नेत निर्देशित फिल्म ‘श्री ५ अम्बरे’ हेर्न कुमारी हलमा पुगेका थिए । प्रदर्शनको चौथो हप्तामा पनि टुल्के गोपीकृष्ण र गुण सिनेमा ग्वार्कोमा प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment