Comments Add Comment

सरस्वती बनिन् मिस सुदूरपश्चिम

mis-far-west
धनगढी । मिस सुदूरपश्चिमको उपाधी सरस्वती बिकले पाएकी छन् । कैलालीको धनगढीमा सम्पन्न प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै सरस्वतीले सो उपाधी पाएकी हुन् ।

प्लानेट ईन्टरटेनमेन्टको आयोजनामा पहिलोपटक मिस सुदूरपश्चिम २०७१ को आयोजना भएको थियो । प्रतियोगितामा अभिलासा घिमिरे फस्ट रनरअप र एकता बम सेकेण्ड रनरअप भए ।

मिस सुदूरपश्चिमको उपाधी जित्ने सरस्वतीलाई एकलाख रुपैया नगद वा स्कुटर मध्ये एक दिइने आयोजक प्लानेट ईन्टरटेनमेन्ट प्रालिले जनाएको छ ।

कात्तिक १४ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार राति सम्पन्न भएको थियो । प्रतियोगितामा नायिक ऋचा शर्मा, मिस्टर नेपाल २०११ का बिजेता डा. आयुषमान घिमिरे, फेसन डिजाईनर शारदा थापा, शिक्षाबिद् सुवोध गुरुङ, शिवराज श्रेष्ठ, गजलकार श्रेष्ठ प्रिया पथ्थर निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment