Comments Add Comment

मोटोपनाका कारण वार्षिक २० खर्ब डलर नोक्सान

motopan

मोटोपनाका कारण विश्वको अर्थतन्त्रमा हुने नोक्सानी धूमपान तथा ससस्त्र द्वन्द्वबाट हुने नोक्सानी जत्तिकै रहेको एक अध्ययनले देखाएको छ । दी म्याककिन्से ग्लोबल इन्स्टिच्युटका अनुसार मोटोपनाका कारण विश्वमा वर्षेनी २० खर्ब डलर क्षति हुने गरेको छ । जुन मद्यपान तथा जलवायु परिवर्तनका कारण हुने खर्चभन्दा बढि हो ।

मोटोपनाका कारण हुने खर्चले विश्वको वार्षिक  आर्थिक क्रियाकलापमा २.८ प्रतिशत हिस्सा ओगटेको शोधले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार विश्वका ३० प्रतिशत अर्थात् २ अर्ब १० करोड मानिस मोटोपना तथा अधिक वजनको समस्यामा छन् ।

शोधकर्ताहरुका अनुसार विश्वका मानिसहरुमा मोटोपनाको समस्या र यसले अर्थतन्त्रमा पार्ने क्षतिको दर निकै उच्च रुपमा बढिरहेको छ । २०३० सम्ममा विश्वको आधा जनसंख्या मोटोपनाबाट पीडित हुनसक्ने अनुमान शोधकर्ताहरुको छ ।

मोटोपनाको वित्तिय लागत बढिरहेको छ विशेष गरी स्वास्थ्य क्षेत्रमा र वृहत रुपमा सम्पूर्ण अर्थतन्त्रमै । मोटोपनाका कारण हुने रोगब्याधका कारण मानिसहरुको कार्यसम्पादन तथा आर्थिक उत्पादकत्व समेत घटिरहेको छ ।

शोधकर्ताहरुका अनुसार मोटोपनाको प्रकोपसँग जुध्नका लागि व्यक्तिगत जिम्मेवारी भन्दा पनि समग्र वातावरणमै परिवर्तन ल्याउनका लागि हस्तक्षेपकारी प्रयास अघि बढाउनुपर्छ । यस्ता प्रयासहरुमा प्याकेटका तयारी खाद्यपदार्थहरुमा नियन्त्रण गर्ने तथा फास्टफूड र प्रोसेस्ड खानाहरुको तयारीलाई नयाँ ढंगमा लैजाने ।

शोधकर्ताहरुका अनुसार उच्च बोसो तथा उच्च चिनियुक्त खाद्यपदार्थहरुमा भारी कर लगाउने तथा सार्वजनिक स्वास्थ्य अभियान संचालन गर्नुभन्दा तयारी तथा प्रशोधित तयारी खाद्यपदार्थको नियन्त्रणको उपाय निकै प्रभावकारी हुने देखिएको छ । साथै वजन व्यवस्थापन कार्यक्रम तथा कार्यस्थल तन्दुरुस्ती योजनालाई समेत शोधकर्ताहरुले उपायको रुपमा सुझाएका छन् ।

उनीहरुका अनुसार मोटोपनाको प्रकोप बढ्दै जाँदा मुटुरोग, फोक्सोसम्बन्धि रोग, मधुमेह तथा जिवनशैली सँग सम्बन्धित क्यान्सरको जोखिम बढ्दै गएको छ । मोटोपना संकटको तहसम्म पुगिसकेको हुँदा यसलाई सम्बोधन गर्न पर्याप्त तहको रणनीति आवश्यक रहेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार विश्वमा मोटोपनाबाट सबैभन्दा पीडित रहेको देश अमेरिका हो । त्यसपछि बेलायत, दक्षिण अफ्रिका, मेक्सिको, जापान, भारत तथा चीन मोटोपनाको मापन गर्ने बिएमआइ इन्डेक्समा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment