Comments Add Comment

सुरुमा आत्तिएकी शिल्पा छविको कुरा सुनेर किन रोइन् ?

silpa-pokheral
निर्माता छविराज ओझाले आफ्नो ५० अाैं जन्मदिन मनाउने क्रममा अधिकांश पाहुनालाई सरप्राइज दिदैं बोलाए । छविले निक्कै सरप्राइज भन्दै सन्देश पठाएपछि धेरै जना आत्तिए पनि । धेरैलाई लाग्यो छवि ओझा बिहेको घोषणा गर्दैछन् ।

छविको सन्देशले सबैभन्दा धेरै मनमा खुलदुली बढ्यो नायिका शिल्पा पोख्रेललाई । कारण, चलचित्र ‘लज्जा’ चल्ने समयमा छवि र शिल्पाको बिहेको चर्चा खुबै भएको थियो । छविले शिल्पाले चाहेको खण्डमा आफूले बिहे गर्ने बताएका थिए ।

कतै छविले सरप्राइज प्याकेज भन्दै आफूसँग बिहेको प्रस्ताव त राख्ने होइनन् भन्ने तर्क समेत शिल्पाको मनमा उठ्यो । कार्यक्रम हलमा पुग्दै गर्दा शिल्पा भन्दै थिइन्-‘सबै कुरा होस् तर मनले नै थाम्न नसक्ने कुरा भने नहोस् ।’ शिल्पाको मनले नै थाम्न नसक्ने कुराको अर्थ थियो बिहेको प्रस्ताव ।

तर, जब कार्यक्रममा छविले बिहेको नभई आफ्नो जन्मदिनको खुशी साट्न बोलाएको भन्ने थाहा भयो उनको मन ढुक्क भयो । शिल्पा केही खुशी देखिइन् । तर, जब कार्यक्रम संचालक नरेश भट्टराइले छवि ओझा हरेक कुरामा सफल भएपनि बिहेको मामालामा असफल भएको कुरा गर्न थाले, शिल्पाको आँखा भिज्यो ।

छविका लागि घर सम्हाल्ने एक यूवती चाहिएको प्रसंग चल्दै गर्दा ‘लज्जा’ डेब्यू हिरोइनको मन भक्कानिए । अनलाइनखबरको क्यामेरामा कैद भएका उनका तस्बिरले पनि यस्तै संकेत गर्छ । बाहिर जे जस्ता चर्चा भएपनि शिल्पा छविलाई प्रेम गर्छिन् भन्ने त प्रष्ट हुन्छ । छविको घरवार सम्हाल्ने मान्छेको खोजी भैरहदा शिल्पाको आँखामा देखिएका आशुले यस्तै प्रमाणित गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment