Comments Add Comment

अमेरिकी रक्षामन्त्री हेगलको राजिनामा

chuck hagelवासिंगटन । अमेरिकी रक्षामन्त्री चक हेगलले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

अमेरिकी हृवाइट हाउसका प्रवक्ता जोश अर्नेस्टले अमेरिकी रक्षामन्त्री हेगलले राजिनामा दिएको जानकारी दिएका हुन् ।

राष्ट्रपति तथा रक्षामन्त्रीकाबीच भएको छलफलपछि हेगलले राजिनामा दिने निर्णयमा पुगेका हुन् । राष्ट्रपति ओबामाको कार्यकालमा पेन्टागनमा हेगलको काम सानदार रहेको थियो ।

राष्ट्रपति ओबामा र रक्षामन्त्री हेगलबीच भएको छलफलमा ओबामाको बाँकी कार्यकालको दुई वर्ष नयाँ रक्षामन्त्री नियुक्त गर्ने सहमति समेत भएको छ । अमेरिकी सरकारमा रहँदा हेगलको कार्यकाल सह्रानीय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment