Comments Add Comment

तीन महिनामा पोखराका बैंकले १८ करोड कमाए

Pokhara-City

९ मंसिर, काठमाडौं । पोखरामा प्रधान कार्यालय राखेर बैंकिङ कारोबार गर्दै आएका ११ वटा विकास बैंक तथा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७१/०७२ को पहिलो तीन महिनामा १८ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्षको यसै अवधिको भन्दा अधिकांश संस्थाहरुको नाफा बढेको छ ।

आर्थिक वर्ष २०७०/०७१ मा ९१ करोड रुपैयाँ नाफा कमाएका थिए । पोखरामा ७ विकास बैंक र ४ विकास बैंकका मूख्य कार्यालय रहेका छन् ।

सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कामाएको छ । उसले ४ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । मेट्रो डेभलपमेन्ट बैंकले सबैभन्दा कम अर्थात ९७ लाख रुपैयाँ कमाएको छ ।

फाइनान्स कम्पनीहरुमध्ये ओम फाइनान्सले सबैभन्दा बढी अर्थात १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । नाफाका हिसाबले ओम फाइनान्स मुक्तिनाथ, गरिमा र सिटि डेभलपमेन्ट बैंक पछि चौथो स्थानमा छ ।

पोखरा फाइनान्सले २० लाख रुपैयाँ नाफा कमाएको भने कास्की फाइनान्सले ७० लाख रुपैयाँ कमाएको छ ।

कसले कति कमाए ?

बैंक तथा वित्तीय संस्था नाफा रु. (०००) मा
मुक्तिनाथ विकासक बैंक ४३४६३
गरिमा विकास बैंक २६८७७
सिटि डेभलपमेन्ट बैंक १८२३८
गण्डकी विकास बैंक १३५०१
विश्व विकास बैंक २२०४९
कामना विकास बैंक १५३२१
मेट्रो डेभलपमेन्ट बैंक ९७३५
ओम फाइनान्स १७७०९
कास्की फाइनान्स ७०७८
फेवा फाइनान्स ७५४०
पोखरा फाइनान्स २००३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment