Comments Add Comment

जुम्लाका सहकारी संस्थाहरुबीच अन्तरिक्रियात्मक भेला

Sahakari

९ मंसिर काठमाडौं । नेपालको विकट र दुर्गम कर्णालीको जुम्ला जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भेलामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले नेपालको सहकारी आन्दोलनमा ग्रामिण समुदायवीच सञ्चालित सहकारीहरुले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

शहरका भन्दा गाउ“mका सहकारीहरु समुदायमा आधारित र सदस्य सेवाकेन्द्रीत रहेका छन् । सीमान्तीकृत समुदायको उत्थानका लागि उनीहरुको भूमिका प्रशंसनिय रहेको बताउदै पौडेलले यस्ता सहकारीहरुलाई राज्यले नीतिगत र प्राविधिक सहयोग गर्नुपर्ने बताए ।

स्थानीय सहकारीकर्मीहरुको जिज्ञासाको सन्दर्भमा पौडेलले सहकारीहरुको स्तरोन्नति र गुणात्मक विकासमा नेेफ्स्कूनले सहयोग गर्ने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मिनबहादुर डांगीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला संघका उपाध्यक्ष रतन रोकाया, काञ्जिरोवा महिला सहकारीकी धनमाया कठायत, भगवती महिला सहकारीकी लेखा संयोजक भानुमती बिक, चन्द्रनाथ नौमुडे सहकारीका अध्यक्ष जयराज भारती, जनकल्याण सहकारीका पूर्णपसाद तिमल्सिनालगायतले बोलेका थिए ।

सहभागीहरुले नेफ्स्कूनको प्रतिनिधिको उपस्थितिले आफुहरुलाई उत्साह मिलेको बताउदै जिल्लाको सहकारी अभियानलाई केन्द्रबाट सहयोगका लागि आग्रह गरेका थिए ।

एक नगरपालिकासहित २६ गाविस रहेको जुम्लामा सबै प्रकृतिका करीव दुई सय सहकारीहरु रहेका छन । करिब ९० बचत तथा ऋण सहकारी रहेको जिल्लामा अधिकांश सहकारीहरु क्रियाशिल छन । ती सहकारीहरुले गाउँ-गाउँमा आर्थिक कारोवार गरी सदस्यहरुको जीवनशैलीमा परिवर्तन ल्याउन उल्लेख्य भूमिका खेलिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment