Comments Add Comment

कस्तो चल्यो ‘अम्बरे’, सार्कले फाइदा पुग्ला ?

keki-and-saugat
मंसिर ५ अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘श्री ५ अम्बरे’ले व्यापार सन्तोषजनक गरेको निर्माणपक्षले जानकारी दिएको छ । शुक्रबार र शनिबार करिब ४० लाख-ग्रस कलेक्शन)को हारहारीमा चलचित्रले व्यापार गरेको प्रस्तुतकर्ता कम्पनी जीवनसाथी फिल्मस्ले जानकारी दिएको छ ।

यसपछिको हिसाब प्राप्त नभैसकेको जीवनसाथी फिल्मस्का जीवनसाथी बस्नेतले जानकारी दिए । उनका अनुसार, काठमाण्डौमा जोर र विजोर प्रणाली अन्र्तगत सवारी साधन चल्दा व्यापार प्रभाव हुने अड्कल काटिएपनि त्यस्तो भएको छैन ।

जीवनसाथी बस्नेतका अनुसार आजबाट व्यापार बढेको छ । सार्क सम्मेलनका कारण सवारी आवातजावतमा अप्ठ्यारो भएपनि दर्शक हलसम्म पुगेका छन् । सोमबार केही घटेको व्यापार मंगलबारबाट बिहानबाट भने बढेको छ ।

नेपालमा हिन्दी चलचित्रको व्यापार कमजोर बन्दा ‘श्री ५ अम्बरे’लाई फाइदा पुगेको देखिन्छ । अर्कोतिर, वुधबार र बिहिबारको सार्क सम्मेलनका कारण परेको सार्वजनिक बिदाको फाइदा ‘श्री ५ अम्बरे’ले उठाउन सक्छ ।

यसअघि बनाएको ‘अन्तराल’को घाटा उठाउन नसकेपनि ‘श्री ५ अम्बरे’ले आफ्नो लगानी भने सुरक्षित गर्ने जीवनसाथी बस्नेतले बताएका छन् । हाल प्रदर्शन भैरहेका हलमा यो चलचित्र दोश्रो हप्ता पनि हलमा लाग्नेछ । जसका कारण ३ हप्तामा यो चलचित्रले लगानी उठाउने विश्वास निर्माणपक्षको छ । केकी अधिकारी, सौगात मल्लले अभिनय गरेको यो चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । चलचित्रमा टीएन आचार्य र दीपक आचार्यको लगानी छ । अर्को चलचित्र समेत बनाउने बातावरण बनेको निर्माणपक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment