Comments Add Comment

राजपाक्षका बाबुछोराले यसरी गरे लुम्विनी भ्रमण

PRESEDENT-OF-SHRILANKA-AT-Lसलमान खान
९ मंसिर, लुम्विनी । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले मंगलबार शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन् ।

सार्क सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति राजपाक्ष काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै हेलिकप्टर मार्फत लुम्विनी आएका हुन् । उनको साथमा उनको छोराले पनि लुम्विनी भ्रमण गरेका छन् ।

राष्ट्रपति राजपाक्षसहित अन्य मन्त्री, केही विशिष्ट पाहुनाहरु ३ वटा हेलिकोप्टरमा र अन्य पाहुनाहरु चार्टर गरेको विमान मार्फत लुम्विनी आएका हुन् ।

राजपाक्ष म्युजियम नजिकै बनाइएको हेलिप्याडमा मध्यान्ह सवा १२ बजे अवतरण गरेका थिए । त्यहाँ युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, लुम्विनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्ग्बो शेर्पा, कोषाध्यक्ष ओमप्रसाद अर्याल, सदस्य सचिव अजित मान तामाङ लगायतले राजपाक्षको स्वागत गरेका थिए ।

rajapakshe

मायादेवी मन्दिरमा पूजाआजा

त्यसपछि उनी मायादेवी मन्दिर पुगेका थिए । त्यहाँ ईमानसिंह मोक्तान, विकास कोषका सदस्य सुवर्णमुनि शाक्य, वरिष्ठ ईन्जिनियर सरोजकुमार भट्राई, वागवानी अधिकृत सब्बीर अहमद खान लगायतले स्वागत गरेका थिए ।

मायादेवी मन्दिरमा राष्ट्रपति राजापाक्षेलाई लुम्विनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्ग्बो शेर्पाले लुम्विनीको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वबारे जानकारी गराएका थिए ।

त्यसपछि राष्ट्रपति राजपाक्षेले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै पूजा गरेका थिए । सो क्रममा श्रीलंकाका सबैभन्दा ठूला बौद्ध भिक्षु बिजेताले बौद्ध पाठ गरेका थिए । त्यसपछि राजपाक्षले अशोक स्तम्भ परिसरमा द्वीप प्रज्वलन गरेका थिए ।

rajpashe

नागरिक अभिनन्दन

लगत्तै मायादेवी मन्दिर परिसर अघि रहेको बोधी बृक्षमा आयोजित विशेष कार्यक्रममा राजपाक्षको अभिनन्दन भएको थियो । लुम्विनी विकास कोषका उपाध्यक्ष आचार्य कर्माले नागरिक अभिनन्दन पत्र बाचन गरी हस्तान्तरण गर्दै बुद्ध जन्म प्रतीक चिन्ह र थान्का उपहार दिएका थिए ।

त्यसपछि ४ नम्बर गेट हुदै बाहिरिएका उनले श्रीलंका सरकारको सहयोगमा निर्माण भएको सहायक मार्ग र तेलार नदी माथि बनाइएको पुलको उदघाटन गरेका थिए ।

त्यसपछि नजिकै रहेको श्रीलंकन बिहारमा धार्मिक कार्यक्रममा राष्ट्रपति राजपाक्ष सरिक भएका थिए ।

rajapakshye

राष्ट्रपतिले आजै लुम्विनी बौद्ध विश्वविद्यालयको अवलोकन गरे भने श्रीलंका सरकारको सहयोगमा निर्मित श्रीलंकन पिलिग्रिम्सको उदघाटन समेत गरेका छन् ।

लुम्विनीको पर्साचोकमा रहेको होक्के होटलमा उनले खाना खाएका छन् । उनी मंगलबारै काठमाडौं फर्किने छन् ।

यसअघि मायादेवी मन्दिर अवलोकनका क्रममा राजपाक्षलाई संचारकर्मीहरुले लुम्विनीको बारेमा के भन्नु हुन्छ ? भनेर जिज्ञासा राखेका थिए । तर उनले कुनै प्रतिक्रिया दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment