Comments Add Comment

कविता-यिनीहरूले संविधान बनाउदैनन्

राकेश कार्की

“संविधान” भन्ने त यिनलाई

राजनैतिक हतियार भो

दिन्छु दिन्छु भनि लोभ्याइ

टिकिराख्ने सरकार भो

 

Rakeshभोका पेटहरूको लागि

यिनले देशमा धान फलाउदैनन्

जनताको लागि किन हो

यिनीहरूले संविधान बनाउदैनन्

 

जे जे भेटछन् देशभित्र

सबै आफ्नै भागमा खनाउछन्

खानु न खानु खाएर

घूस र भ्रष्टाचारले गनाउछन्

 

फोड्ने र छुट्याउने कुरो गरेर

यो सरकार सजिलै कमाउछ

संविधान बन्यो भने त

यिनीहरूलाई नै समाउछ

 

आफ्नालाई मात्र जागिर र तक्मा

दु:खमा साथदिनेलाई  बोलाउदैनन्

टुक्रिएको परिवारको रेमिट्यान्स लिइ

यिनीहरूले संविधान बनाउदैनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment