Comments Add Comment

तस्वीरमा सार्क प्रमुखहरुको स्वागत (फोटोकथा)

Modi-in-kathmandu-for-SAARC-2

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गाैतम

९ मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका सार्क राष्ट्रप्रमुख एवं सरकार प्रमुखलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपालका सरकारी अधिकारीहरुले  स्वागत गरेका छन् ।
उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह भीभीआइपीहरुको स्वागतमा स-पत्नी पालैपालो सहभागी भए । उपप्रधानमन्त्री वामदेव गौतमकी पत्नी तुलसा मगर राजनीतिक गतिविधिमा देखा पर्ने गरेकी भए पनि अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहको जोडी सार्वजनिक कार्यक्रममा यसरी विरलै देखिने गरेको थियो ।
विदेशी पाहुनाको स्वागतमा उपप्रधानमन्त्रीका साथै शिक्षामन्त्री चित्रलेखा यादव पनि देखिएकी थिइन् । प्रधान सेनापति पनि विमानस्थलमा देखएकिा थिए । नेपाल आएका मालदिभ्सका राष्ट्रपति अब्दुल यामिन गैयुम स-पत्नी भीभीआइपी कक्षमा देखिए पनि अन्य नेताहरु प्रथम महिलाविनै देखा परे ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह

अघिल्लोपटक गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्न प्रधानमन्त्री सुशप्ल कोइरााल आफैं गएका थिए । त्यसबेला सूचना तथा सञ्चारमन्त्रीले प्रधानमन्त्री कोइरालालाई कुममा समातेर तानेपछि नेपालको कुटनीतिक दक्षतामाथि प्रश्न उठेको थियो ।
यसपालि भने नेपालले अतिथिको स्वागत सत्कारमा सकेसम्म कुनै कमी हुन नदिने प्रयास गरेको देखिएको छ ।

उपप्रधानमन्त्रीहरुले सरकारी आहोदामा नरहेकी पत्नीलाई समेत साथमा लिएर एयरपोर्टमा विदेशी पाहुनालाई स्वागत गरेका दृश्य निकै रोमाञ्चक देखियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह

सबै पाहुनालाई नेपाली सेनाले सलामी अर्पण गर्‍यो । बाटोमा कडा सुरक्षा दिँदै सबै पाहनालाई सोल्टी होटलमा पुर्‍याइयो । श्रीलंकाका राष्ट्रपति भने विमानस्थलबाट सिधै लुम्बिनी भ्रमणमा निस्किए ।
विमानस्थलमा अनलाइनखबरका लागि श्रीधर पौडेलबिकाश श्रेष्ठले खिचेका थप तस्वीरहरु

Saarc_2014  jpg (14)
श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गाैतम
Saarc_2014  jpg (1)
माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनलार्इ स्वागत गरिँदै
Saarc_2014  jpg (20)
भुटानी प्रधानमन्त्री छिरिङ ताेग्बेलार्इ स्वागत गरिँदै
अफगानिस्तानका राष्ट्रपति असरफ घानीलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह
अफगानिस्तानका राष्ट्रपति असरफ घानीलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह

Saarc_2014  jpg (3)

Saarc_2014  jpg (4)

Saarc_2014  jpg (6)

Saarc_2014  jpg (7)

Saarc_2014  jpg (8)

Saarc_2014  jpg (10)

Saarc_2014  jpg (13)

Saarc_2014  jpg (15)

Saarc_2014  jpg (16)

Saarc_2014  jpg (17)

Saarc_2014  jpg (18)

Saarc_2014  jpg (19)

Saarc_2014  jpg (21)

 यी पनि पढ्नुहोस-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment