Comments Add Comment

नेपालमा मोदी: धर्म र कूटनीति

सी राजा मोहन

सार्क शिखर सम्मेलनका क्रममा नेपालमा रहँदा जनकपुर, लुम्बिनी तथा मुक्तिनाथ भ्रमण नगर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयले नेपाल र भारत दुबै देशका मानिसलाई निराश बनाएको छ । यद्यपि कतिपयका लागि यसले राहतको महसुस गराएको छ ।c-raja-mohanनेपाल र भारतका धेरै उदारवादीहरुले भारतको गत आमनिर्वाचनमा नरेन्द्र मोदीले प्राप्त गरेको विजयले भारतको धर्मनिरपेक्ष संस्थापनलाई नजरअन्दाज गर्ने, भारतको विदेश नीतिलाई हिन्दुकरण गर्ने, नेपालमा समेत हिन्दुत्वको एजेण्डालाई घुसाउने र नेपालका सबैभन्दा कमजोर राजावादीलाई सशक्तीकरण गर्ने भन्दै लामो समयदेखि चासो व्यक्त गर्दै आएका थिए ।

अगष्टको नेपाल भ्रमणका बेला मोदीले गरेको पशुपतिनाथको भ्रमण तथा पूजाले दिल्लीमा मात्र नभई नेपालका वामपन्थीमा पनि ठूलै हल्लीखल्ली मच्चिएको थियो ।

तर, सार्वजनिकरुपमा मोदीले प्रदर्शन गर्ने धार्मिकता भने कहिल्यै पनि दुबै देशका जनताको लागि चर्चाको विषय बनेको छैन । नेपालमा आउने सबै पाहुना विशेष गरी हिन्दु धर्मावलम्बीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गर्छन् सर्वसाधारणले ।

एशिया गहन धार्मिक क्षेत्र हो । भारत भ्रमणका बेला पाकिस्तान र बंगलादेशका नेताहरुले अजमर शरिफको भ्रमण गर्न छुटाउँदैनन् । पूर्वी एशियाका पर्यटक सारनाथ पुग्छन् ।

मोदीले आफ्नो व्यक्तिगत आस्था तथा उनको राजनीतिक दल भारतीय जनता पार्टीसँग सम्बन्धित हिन्दुवादी संगठनबाट भारतको विदेश नीति प्रभावित हुन थाल्यो भने त्यो समग्र भारतकै लागि चासोको विषय हो । तर, अहिलेसम्म त्यस्तो देखिएको छैन ।

नेपालको गणतान्त्रिक संविधानमा समर्थन जनाएर तथा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्न अस्वीकार गरेर मोदीले विश्व हिन्दु परिषद तथा अन्यलाई दिने सम्भावित प्राथमिकताबाट आफूलाई अलग गरेका छन् ।

तर, नेपाल र भारतबीचको सांस्कृतिक तथा आत्मिक सम्बन्धले काठमाण्डौसँगको चिरस्थायी सहकार्यको विकास गर्न बलियो आधारशीला तयार गर्ने मोदीले गरेको पहिचान भने अत्यन्तै सही हो ।

नेपालको गणतान्त्रिक संविधानमा समर्थन जनाएर तथा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गर्न अस्वीकार गरेर मोदीले विश्व हिन्दु परिषद तथा अन्यलाई दिने सम्भावित प्राथमिकताबाट आफूलाई अलग गरेका छन्

योभन्दा महत्वपूर्ण नेपाल-भारत सीमा क्षेत्रको आर्थिक रुपान्तरणका लागि साझा सम्पदाको सम्भावनाका विषयमा मोदी निकै सचेत छन् । यो क्षेत्रमा विश्वका सबैभन्दा पूरानो धार्मिक क्षेत्र भगवान बुद्धको जन्मस्थान लुम्बिनीदेखि रामायणसँग सम्बन्धित जनकपुर र अयोध्यासमेत छन् ।

आर्थिक वृद्धि प्रवर्द्धन तथा रोजगारी सिर्जनाका लागि पर्यटन एउटा महत्वपूर्ण माध्यम भएको कुरामा मोदी सहमत छन् । तिब्र आर्थिक वृद्धिको एउटा आधारशीलाका रुपमा धार्मिक पर्यटन हुन सक्छ । यो क्षेत्रका धार्मिक सम्पदा केवल भारतीय उपमहाद्वीपका जनताका लागि मात्र होइन, पूरै विश्वको चासोको विषय हुन् ।

मोदीको जनकपुर तथा लुम्बिनी भ्रमणले अन्तरसीमा आवद्धताको आधुनिकीकरण, सम्वृद्ध सम्पदाको संरक्षण तथा यो क्षेत्रका धेरै पुरातात्विक सहरलाई तीर्थाटन तथा पर्यटनको आधुनिक केन्द्र बनाउने कुरालाई उजागर गथ्र्यो ।

मोदीको एजेण्डामा ऐतिहासिक महत्व बोकेका दुई देशका सहरहरुलाई जुम्ल्याहाकरण गर्ने थियो, जस्तै, अयोध्यासँग जनकपुर र लुम्बिनीसँग सारनाथ । सार्क सम्मेलन बाहिर नेपाली नेताहरुसँगको भेटवार्तामा मोदीले यस्ता केही सम्झौतालाई अन्तिम रुप दिनेछन् ।

मोदीको जनकपुर, लुम्बिनी तथा मुक्तिनाथ भ्रमण रद्द हुनुको कारण झारखण्ड र कास्मिरको चुनावी अभियानको पूर्वनिर्धारित कार्यक्रम भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका अनुसार अब जतिसक्दो चाँडो अवसर मिलाएर मोदी ती क्षेत्रको भ्रमणमा आउनेछन् ।

एउटा आशा यो छ कि जुन दिन मोदी ती क्षेत्रको भ्रमणमा जानेछन्, त्यो दिन दुई देशवीचको अन्तरसीमा आवद्धता तथा पर्यटन प्रवर्द्धनका लागि भारतले ठोस कदम चालेको ठहरिनेछ ।

इण्डियन एक्सप्रेसबाट अनुदित सारांश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment