Comments Add Comment

पद्मसुन्दर लावतीका बाबु छोरा नै राप्रपा नेपालबाट निश्कासित

PADMA-SUNDAR-AND-SAGUN-SUND९ मंसिर, काठमाडौं । राप्रपा नेपालले पार्टीका सहअध्यक्ष पद्मसुन्दर लावती तथा उनका छोरा केन्द्रीय सदस्य सगुनसुन्दर लावतीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निश्कासित गरेको छ ।

लावतीले पार्टी फुटाउन लागेको संकेत पाएपछि अध्यक्ष कमल थापाले उनलाई निश्कासन गरेको स्रोतले जनाएको छ । राप्रपा नेपालको मंगलवार बसेको बैठकले बिभिन्न आरोप लगाउदै लावतीलाई निश्कासन गरेको हो ।

लावतीका छोरा सगुनमाथि युवक संगठनको नामबाट अनधिकृत रुपमा लाखौं रुपैया अनियमितता गरेको आरोप समेत थापा पक्षले लगाएको छ ।

लावतीमाथि पार्टीको नाम र झण्डाको दुरुपयोग गरी पार्टीको नामबाट समानान्तर भेला गर्ने, कार्यालय खोल्ने र साँगठनिक अभ्यास गर्ने, पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरी सकेका व्यक्तिहरुसँग अप्राकृतिक साँठगाँठ गरी पार्टीको महाधिबेशनको मार्ग निर्देश विपरित जाने काम गरेको आरोप लगाएको छ ।

राप्रपा नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ- पार्टीबाट माग भएको स्पष्टीकरण समेत पेश नगरी अलग राजनीतिक दल खोल्ने समेतको सार्वजनिक अभिब्यक्ति दिई अराजनीतिक र पार्टी हित विपरितका क्रियाकलापमा प्रत्यक्ष संलग्नता देखिएकाले पद्मसुन्दर लावती र पार्टीका केन्द्रीय सदस्य सगुनसुन्दर लावतीलाई अनुशासन समितिको सिफारिसमा पार्टीको विधान अनुसार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै सगुनसुन्दर लावतीले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको सभापति पदबाट पदमुक्त भईसकेपछि पनि पदको दुरुपयोग गरी संगठनको खाताबाट अनधिकृत रुपमा रकम निकाली लाखौंको आर्थिक अनियमितता गरेको आरोप थापा पक्षले लगाएको छ । सो रकम अबिलम्ब फिर्ता गर्न बैठकले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment