Comments Add Comment

राजा वीरेन्द्रका सुसारे र हुक्केको खोजी

birendra shah१० मंसिर, काठमाडौं । शहरमा सार्कको चटारो छ । तर, नारायणहिटीको धन्दा अर्कै छ । त्यहाँ तत्कालिन राजा स्व. वीरेन्द्रका आसेपासे, सुसारे, हुक्के र बैठकेको व्यापक खोजी हुँदैछ । थाहा छैन, १३ वर्ष पहिलेका ती कहाँ पुगे होलान ? भेटिएलान्/नभेटिएलान् । तर खोज्नका लागि एउटा कार्यदल नै बनिसकेको छ ।

संग्रहालयमा परिणत भई सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको ६ वर्ष भइसक्दा पनि त्यहाँका कतिपय ऐतिहासिक महत्वका स्थल अवलोकनार्थ खुलेको छैन् । त्यहीमध्येको हो, राजा वीरेन्द्रको निजी निवास श्रीसदन । २० रोपनी भन्दा बढी क्षेत्रफल ओगटेको त्यहाँ अहिले नियमित रुपमा बस्ने कोही छैनन् । भुइँतलासमेत गरी १८ कोठा छन् । एक वर्षदेखि सँधै सरसफाई हुन थालेको छ । पहिलाजस्तो अत्तरको बासना त आउँदैन, तर गन्हाउनबाट जोगाउनलाई त्यस्तो गरिएको जनआस्था साप्ताहिकमा खबर छ ।

श्रीसदन सर्वसाधारणका लागि खुल्ला गर्न संस्कृति मन्त्रालयले गरेको पहल पछि त्यसको व्यवस्थापन गर्न र परामर्श गर्न दुई दुई विषयमा पीएचडी गरेकी प्रध्यापक डा. पुनम राज्यलक्ष्मी राणालाई जिम्मेवारी दिइएको छ । ५ मंसिरमा छनोट भएकी उनले राजा वीरेन्द्रका आसेपासे, सुसारे, हुक्के र बैठके भेला पारी गहन रुपमा अध्ययन गर्नका लागि उनीहरुको खोजी गर्न थालेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment