Comments Add Comment

सार्कका लागि मृदुलाले किनिन् ५८ हजारको साडी

mirdula
१० मंसिर, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाको छबि स्वस्च्छ, मितब्ययी र अत्यन्त साधारण रहेको मान्नेहरु नेपाली समाजमा अझै छन् । कोइरालाको भान्साबाट १२ लाख हराएको घटनाबारे कमैलाई जानकारी भए पनि सम्पत्तिको नाममा तीन वटा फोन सेट मात्र भएको जानकारी धेरैलाई थाहा छ ।

प्रधानमन्त्री कोइरालालाई मितब्ययी र शालिन मान्ने हो भने उनको परिवारका मानिस कतिसम्म भड्किला छन् भन्ने कुरा एउटा दृष्टान्त हालैमात्र फेला परेको छ । यतिबेला मृदुला कोइरालालाई सुशील कोइरालाको सर्वाधिक निकटतम र अत्यन्तै निटकतम महिलाका रुपमा लिइन्छ ।

प्रधानमन्त्रीको किचन क्याबिनेटकी महत्वपूर्ण सदस्य मृदुलाले सार्क सम्मेलनलाई भब्य र सफल बनाउन के कस्ता योगदान दिइरहेकी छन्, त्यसको जनकारी हुन सकेको छैन । तर, सम्मेलनका क्रममा मृदुलाले नेपालकै सवै भन्दा महंगो साडी लगाएर भब्यता प्रदर्शन गर्ने इच्छा राखिन् र दरबारमार्गदेखि भाटभटेनी हुँदै नयाँ सडकसम्मका महंगा साडी पसलहरु चहारिन्, घटना र विचार साप्ताहिकमा खबर छ ।

एकदेखि डेढलाख सम्मको साडी खरिद गर्ने सोंच र तयारीका साथ बजार चहार्न पुगेकी मृदुलाले एक लाख पर्ने साडी कहिं पनि पाउन सकिनन् र अन्त्यमा बाध्य भएर टंगालस्थित भाटभटेनीको ठिक अगाडिको एउटा पसलबाट ५८ हजार रुपैंयाँ पर्ने साडी खरिद गरिन् । सार्कमा भब्य देखिन लगाइने उक्त साडीले प्रधानमन्त्री सुशील कोइरालाको ‘साख’ कति बढाउने हो प्रतिक्षाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment