Comments Add Comment

भीआइपीका पीएसओ फिर्ता बोलाउने परिपत्र

guard
१० मंसिर, काठमाडौं । सार्क सम्मेलनको तयारीका बेला विभिन्न नेताका सुरक्षार्थ खटाइएका करिब चार सय अंगरक्षकलाई फिर्ता बोलाउन केन्द्रीय सुरक्षा समितिलाई सिफारिस गरिएको छ ।

जनआस्था साप्ताहिकका अनुसार नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य, नेत्रविक्रम चन्द र भुटानी शरणार्थी नेता टेकनाथ रिजालका पीएसओलाई पनि फिर्ता बोलाउने प्रस्ताव छ ।

त्यस्तै पूर्वप्रधान न्यायाधीशहरु केही मधेसी सभासद् र पूर्व गृहमन्त्रीसँग रहेका ८८ जना अंग रक्षकलाई फिर्ता बोलाइने भएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घरमा खटाइएका ८ प्रहरीसहित पूर्वमन्त्री सुरेन्द्र पाण्डे, प्रकाशशरण महत, पूर्वमहान्याधीवक्ता युवराज संग्रौला र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माका पीएसओ फिर्ता गर्न परिपत्र गरिएको जनआस्थाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment