Comments Add Comment

सार्कका बेला सात देशका सुन्दरी नेपालमा

sundari1

काठमाडौ । मुलुक यतिबेला सार्कमय छ । सातवटा दक्षिण एशियाली मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुको जमघट काठमाण्डौमा भइरहेको छ ।
तर, यसैबेला अन्य सात देशका सुन्दरीहरु बेग्लै जमघटका लागि काठमाण्डौ आइपुगेका छन् ।
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल’ मा सहभागी हुन म्यानमार, थाइल्याण्ड, सिंगापुर, सियरालोन, जाम्बिया, सियरालोन र बंगलादेशका सुन्दरीहरु नेपाल आइपुगेका हुन् ।
आउँदो शुक्रवारसम्म जिम्बावे, भारत, मलेसिया, इक्वेडर, नाइजेरिया, हाइटि, मकाओ, नामिबिया लगायतका सुन्दरीहरु आइपुग्ने आयोजक संस्थाका इप्लानेट नेपालका सन्तोष सापकोटाले जानकारी दिए । नेपालमै पहिलोपटक हुन गइरहेको यस प्रतियोगितामा नेपालको तर्फवाट नानी थापा सहभागी हुने छिन् ।

जिम्वाबेको सिपीती मिडियाले आयोजना गर्दै आएको यो प्रतियोगिता यसपटक इप्लानेट नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

sundari

‘मिस हेरिटेज इन्टरनेशनल’ मा युनेस्कोकोमा ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सुन्दरी सहभागी हुनेछन् । ऐतिहासिक सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि कार्यक्रम गर्न लागिएको सापकोटाको भनाइ रहेको छ ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममकोकोरियोग्राफी रोजिन शाक्यले गर्ने छन् ।

उनलाई थाइल्याण्डका अनुरत कोसाकुलले सघाउने भएका छन् । प्रतियोगितामा सहभागी सुन्दरीलाई काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायर घुमाउने कार्यक्रम रहेको छ ।
उपत्यकामा रहेका साँस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण समेत गराउने कार्यक्रम रहेको छ । सुन्दरीहरुलाइ लुम्बिीनी र चितवन भ्रमण गराउने योजना आयोजक संस्थाले बनाएको छ ।

नगरकोटस्थित नगरकोट हिलसाइड भिलेज रिसोर्टमा क्लोज क्याम्प प्रशिक्षण संचालन हुने बताइएको छ ।
प्रतियोगितामा सहभागि सुन्दरीले मुख्य उपाधि बाहेक नेसनल कस्ट्युम, वातावरण सचेतता जगाउने पहिरन, इभिनिङ गाउन राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् भने अन्य विभिन्न विधागत अवार्डका लागि पनि विजेता चयन हुनेछ ।

कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आउँदो ५ डिसेम्बरमा सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने छ ।
इप्लानेटले नेपालले लिटिल मिस नेपाल, मिस टिन युनिभर्स नेपाल, मिस इन्टरनेशनल नेपाल तथा मिसेज युनिभर्स नेपाल गर्दै आएको छ । यो संस्था मिस युएसए नेपाल प्रतियोगिताको सहआयोजक समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment