Comments Add Comment

लुक्लाको आलुसम्बन्धी नेपाली सुन्दरीको भिडियो उत्कृष्ट

prinsha-14
काठमाडौ । मिस अर्थमा सहभागी नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले प्रस्तुत गरेको ‘इको टुरिजम’ सम्बन्धि भिडियोले उत्कृष्ट भिडियोको उपाधि पाएको छ ।
मनिलामा जारी मिस अर्थ प्रतियोगिताको तयारीका क्रममा भएको प्रतिस्पर्धामा लुक्लाको अर्गानिक आलुलाई कसरी ब्यबसायीकरुपमा प्रयोग गरी लोकप्रिय बनाउन सकिन्छ भन्ने भिडियो उनले प्रस्तुत गरेकी थिइन्

प्रिन्साले आयोजक संस्था हिडेन ट्रेजरको सहयोगमा लुक्ला, नाम्चे र एभेष्ट बेसक्याम्पमा एक हप्ता अध्ययन गरेर भिडियो तयार गरेकी थिइन् ।
अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो भिडियो उपाधि पाएको छ । नेपालसँगै अन्य ९ मुलुकका सुन्दरीले प्रस्तुत गरेको भिडियोलाई पनि उत्कृष्ट घोषित गरिएको छ ।

prinsha-13

आयोजक मुलुक फिलिपिन्सको मनिलामा रहेकी पि्रन्साले नेशनल कष्ट्युव वार कम्पिटिसनमा कुमारीको पोशाक प्रस्तुत गरेकी छिन् ।
आफुले प्रस्तुत गरेको पोशाक र कलावारे सहभागी अन्य मुलुकका सुन्दरीले महत्व दिएको भन्दै ऐतिहासिक पोशाकको प्रसंसा गरेको पनि उनले जानकारी दिएकी छिन् ।
एकदिन अघि भएको ब्ल्याक ककटेल वायर कम्पिटिशनमा पनि उनी सहभागी भएकी छिन् ।

prinsha-12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment