Comments Add Comment

सार्क सम्मेलनको असर सिनेमा हलमा पनि

multiplex hall
काठमाडौ । दक्षिण एशीयाली क्षेत्रिय संगठन सहयोग सार्कको १८ औ शिखर सम्मेलन काठमाडौमा सुरु भएपछि चलचित्रको ब्यापार समेत प्रभावित हुने भएको छ ।

सर्वसाधारणले समेत जुनसुकै समयमा मुख्य सडकमा हिंडडुल गर्न नपाउने भएपछि चलचित्रको ब्यापारमा प्रत्यक्ष असर पर्ने धारणा राख्छन् वितरक सुनिल मानन्धर । उनको भनाइअनुसार मल्टिप्लेक्स हलहरु सार्कवाट बढी प्रभावित हुने सम्भावना छ ।

चक्रपथ बाहिर रहेका गोपीकृष्ण मुभीज, गुण सिनेमा हल, अष्टनारायण पिक्चर्स, कलंकी सिनेमा लगायतका हलमा भने सार्क सम्मेलनको असर त्यति धेरै पर्ने देखिदैन । वितरक मानन्धरको भनाइ अनुसार आइतवारदेखी बुधवारसम्म यसै पनि फिल्मको ब्यापार राम्रो हुँदैन । त्यसमाथी सम्मेलनको प्रभावले ब्यापारमा नकारात्मक असर पर्ने सम्भावना छ ।

hamjayega-ambareश्री ५ अम्बरे र हमजाएगा पिडित

फिल्मको ब्यापार क्रमश कमजोर भएपछि कुनै पनि निर्माताले चाहेर पनि आफ्नो सिनेमा हलमा टिकाउन सक्दैन । श्री ५ अम्बरे र हमजाएगा यो शुक्रवार देखी प्रदर्शन भएको थियो ।

दुबै चलचित्रको शुक्रवार र शनिवार केही राम्रो ब्यापार भएपनि आइतवारदेखी नै घटेको थियो । मंगलवार शिखर सम्मेलनको औपचारिक सुरुवात भएकाले चलचित्रको ब्यापार झनै कमजोर हुने भएको छ ।

मानन्धरको भनाइ अनुसार नेपाली सिनेमा हेर्ने दर्शकहरु हिंडेर पनि आउछन् तर, सार्क सम्मेलन भन्ने बित्तिकै मनोवैज्ञानिक प्रभावले पनि काम गर्छ ।

शुक्रवार र शनिवारको तुलनामा अन्य दिन कम ब्यापार हुने भएपनि शिखर सम्मेलन नपरेको भए मंगलवारदेखी बिहीवारसम्मको ब्यापारवाट निर्माताले केही रकम आर्जन गर्ने थिए । तर, दुइ चलचित्रको हकमा यो सम्भावना पनि टरेको चलचित्रकर्मीहरुको भनाइ रहेको छ ।
काठमाडौको ब्यापार कमजोर भएपनि मोफसलमा भने शिखर सम्मेलनको असर पर्ने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment