Comments Add Comment

सार्कका फस्ट लेडी : सुन्दरीदेखि पहलमानकी नातिनीसम्म !

१० मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलनका क्रममा सार्क राष्ट्रका दुईजना ‘फस्ट लेडी’मात्रै काठमाडौं आएका छन् । प्रथम महिलाहरुलाई सुजाता कोइरालाले भक्तपुर दरबार परिसर भ्रमण गराउने कार्यक्रम छ ।

SAARC_Patni

सार्क मुलुकका प्रथम महिलामध्ये एकजनाले विश्व सुन्दरी प्रतियोगिता समेत भाग लिइसकेकी छन् भने काठमाडौं आएकी एकजना चाँहि देशकै चर्चित पहलमानकी नातिनी हुन् ।

Pakistan-PM-at_Kathmandu_for-SAARC-3नवाज शरिफ/बेगम कालसूम

पाकिस्तानी फस्ट लेडी बेगम कालसूम चर्चित पहलवान ग्रेट गामा अर्थात् ‘गामा पहलमान’की नातिनी हुन् । बेगम अहिले काठमाडौं आएकी छिन् ।

सन् १९५० मा लाहोरको कास्मिरी परिवारमा जन्मिएकी बेगमले उर्दु साहित्यमा विद्यावारिधि गरेकी छिन् ।

आफ्ना पति प्रधानमन्त्री नवाज सरिफलाई सैनिक कू मार्फत सत्याच्यूत गरी जेल हालेपछि बेगम सन् १९९९ देखि २००२ मा पाकिस्तान मुस्लिम लिग पार्टीको अध्यक्षसमेत भइन् । त्योभन्दा बाहेक उनले आफूलाई पाकिस्तानी राजनीतिबाट टाढा राख्दै आएकी छिन् ।

पाकिस्तानमा महिला नेतृ बेनजिर भुट्टोको चर्चा चुलिएका बेला समेत बेगम राजनीतिमा आइनन् । उनी पेशाले प्राध्यापक हुन् ।

Saarc_2014 (40)गैयुम/ फाथिमा

मालदिभ्सका राष्ट्रपति अब्दुल यामिन गैयुमले आफ्नी पत्नी फाथिमा इब्राहिमलाई काठमाडौं ल्याएका छन् । फाथिमा शिक्षा र सामाजिक क्षेत्रमा रुची राख्ने महिला हुन् ।

काठमाडौंमा हुने सार्क सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री नवाज र मालदिभ्सका राष्ट्रपति गैयुममात्रै स-पत्नी आएका छन् ।

तीनरात काठमाडौंमा बिताउने यी दुई प्रथम महिलाहरुले भक्तपुर घुम्ने र धुलीखेलको रिटि्रटमा जानेबाहेक बाँकी समय ‘बोर’ मानेरै बिताउनुपर्ने छ ।

sirlankaमहिन्दा/शिरान्थी राजपाक्ष

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले पत्नीलाई काठमाडौं ल्याएनन् । श्रृलंकाली प्रथम महिला शिरान्थी राजापक्षे सन् १९७३ की मिस श्रृलंका हुन् । उनले सन् १९७३ मा लण्डनमा भएको विश्वसुन्दरी प्रतियोगितामा समेत भाग लिएकी थिइन् ।

बालमनोवेत्ता तथा पूर्वविद्यालय शिक्षाकी ज्ञाता शिरान्थीले राजधानी कोलम्बोलगायतका क्षेत्रमा ६ वटा विद्यालय स्थापना गरेकी छिन् ।
शिरान्थीले स्थापना गरेका विद्यालयमा वर्षेनी ६ सय बालबालिका भर्ना हुने गरेका छन् । त्यहाँ २५ जना शिक्षकहरु जागिरे छन् ।
सन् १९८३ मा शिरन्थाले महिन्दा राजपाक्षेसँग विवाह गरेकी हुन् । उनका तीन सन्तानमध्ये एकजना सांसद छन् ।

afganअसरुफ/रुला घानी

आफगानी राष्ट्रपति घानीले पनि रुलालाई काठमाडौं ल्याएनन् । बीबी गुलको नामले समेत चिनिएकी अफगानी प्रथम महिला रुला घानी सादेको जन्म लेबनानी इसाइ परिवारमा सन् १९४८ मा भएको हो । उनी लेवनानी तथा अमेरिकी दोहोरो नागरिकताका साथै अफगानी नागरिक पनि हुन् ।

सन् १९७५ मा अमेरिकन युनिभर्सिटी अफ बेरुतमा अध्ययन गर्दा रुला र असरफको भेट भएपछि दुइबीच विवाह भएको थियो । मुस्लिम देश अफगानिस्तानकी प्रथम महिला रुलाले आफ्नो मातृ धर्म इसाइ त्याग गरेर मुस्लिम धर्म ग्रहण गरे नगरेको कुनै आधिकारिक जानकारी दिइएको छैन । रुलाले अंग्रेजी, फ्रेन्च, अरबिक, पर्सियन तथा पास्तो भाषा मज्जाले बोल्न सक्छिन् ।

रुलाले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । उनका एक छोरी र एक छोरा छन्, दुबै अमेरिकी नागरिक हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नीसँग पारपाचुके गरेकाले उनले सार्कमा पत्नीलाई ल्याएका छैनन् । मोदी पत्नीले हालै मुम्बई भ्रमणका क्रममा आफू मोदीसँग बस्न तयार रहेको बताएकी छन् ।

छिरिङ तोब्गेकी र पत्नी टासी
छिरिङ तोब्गे र पत्नी टासी

नेपालका प्रधानमन्त्री सुशील कोइराला भने अविवाहित भएकाले प्रथम महिला छैनन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका पतिको देहान्त भइसकेकाले उनी एकल महिला हुन् । हसिनाका पति बंगलादेशका चर्चित वैज्ञानिक हुन् ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेकी पत्नी टासी सामान्य गृहिणी महिला हुन् । तोब्गेले पनि नेपाल भ्रमणमा आफ्नी पत्नीलाई काठमाडौं ल्याएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment