Comments Add Comment

मैनालीले गरे १ सय २९ औं पटक रक्तदान

arjun mainali-blood donationविजय थापा

भर्जिनिया  । काभ्रे घर भर्इ हाल न्युयोर्कमा बसोबास गर्दै आएका अर्जुन मैनालीले एक सय २९ औं पटक रक्तदान गरेका छन् । अमेरिकाबाट आयरल्याण्ड पुगि मैनालीले रक्तदान गरि अमेरिकाको न्युयोर्क फर्केका थिए ।

 नोभेम्बर २४ तारिखका दिन आइरिश रक्तसंचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । आयरल्याण्डमा रहेका करिब २२ जना नेपाली समुदायका नेपालीहरुले समेत रक्तदान गरेका छन् ।

आयरल्याण्डको रक्त संचारमा औलोको जोखिमयुक्त देशबाट आएको भन्दै पहिला नै रगत परिक्षण गर्नुपर्ने नियम रहेको जानकारी दिदै प्रवासमा रहेका नेपाली समुदायमा ब्यापकरुपमा रगतदान हुन सकेमा नेपालका युवाहरुलाई पनि रगतदान गर्न थप हौसला मिलोस् भनि आफूले बिश्वब्यापी रुपमा नेपाली समुदायमा रगतदानमा आफू सशक्त रुपमा लागेको बताए ।

दुई हजार भन्दा बढी नेपालीहरु बसोबास गरि रहेका आयरल्याण्डमा सन् १९८४ देखि जान थालेको उनले बताए । रक्तदान कार्यक्रम गैरआवासीय नेपाली संघ आयरल्याण्ड अध्यक्ष गणेश प्रसाई, आयरल्याण्ड नेपाली समाजका महासचिव गंगाराम कंडेल तथा रक्तदान कार्यक्रमका संयोजक प्रकाश सापकोटाको संयुक्त प्रयासमा भएको जानकारी गराए ।

२०१४ को ११ महिनामा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसँग ६ पटक होल ब्लड र न्यूयोर्कमा १० पटक प्लेट्लेट्ससहित १६ पटकमा ६ हजार ८ सय ५० एमएल रगतदान गरेको मैनालीले बताए ।

साधारण नेपालीहरुको रक्तदान भन्दा ४ गुणा बढी भएको भन्दै यति धेरै  रगतदान गर्न सकिने रहेछ भनी एक वर्षमा एक पटक रगत दान गर्न उत्प्रेरणा गर्न प्रयास गरेको मैनालीले बताए ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अध्यक्षसमेत रहेका मैनालीले सन् १९८७ अगष्ट २० मा बिशाल बजार लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रक्तदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment