Comments Add Comment

९ सय मेगावाटको ‘अरुण-३’ बनाउन बाटो खुल्यो

१० मंसिर, काठमाडौं । ९ सय मेगावाट विद्युत उत्पादन क्षमता भएको अरुण तेस्रो जलविद्युत आयोजनाको विकास सम्झौता (पीडीए) हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ सम्झौता भएको हो ।

प्रधानमन्त्री शुसील र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिृकत  राधेश पन्त र Arun-Thirdसतलज जलविद्युत निगमका अध्यक्ष आरपी सिंहले सम्झौतामा हस्ताक्षर गरे  ।

सतलजले स्थानीयलाई २४ युनिट बिजुली निःशुल्क प्रदान गर्ने, नेपालले २१.९ प्रतिशत बिजुली निःशुल्क प्राप्त गर्ने गरी सम्झौता गरिएको हो ।

उक्त आयोजनाबाट नेपाललाई ३ खर्ब ४८ अर्ब लाभ हुने लगानी बोर्डले जनाएको छ । सन् २०२१ आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको लागत १ खर्ब ४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

लगानी बोर्डले सन् २०१३ देखि प्रवर्द्धक कम्पनी सतलज विद्युत् निगमसँग पीडीए वार्ता सुरु गरेको थियो । दुबै पक्ष यही मङ्सिर ५ गते मात्रै पीडीए गर्ने निर्णयमा पुगेका थिए ।

२०५१ सालमा एमालेको विरोधका कारण संखुवासभा जिल्लामा रहेको यो आयोजना अघि बढ्न सकेको थिएन । हस्ताक्षरसँगै आयोजना निर्माण हुने आशा बढेको छ ।

यसअघि भारतीय प्रवर्द्धक गान्धी माल्लिका अर्जुन राव (जिएमआर) सँग यस्तै सम्झौता भएपनि कार्यान्वयन भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment