Comments Add Comment

यस्तो हुनेछ काठमाडौं दिल्ली जोड्ने बसको रुट

bus route१० मंसिर, काठमाडौं । काठमाडौंलाई दिल्लीसँग जोड्न नेपाल भारतबीच सरकारी स्तरबाटै सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । यो बस यात्रा ३० घण्टाको हुनेछ ।

सरकारले सञ्चालन गरेको सार्वजनिक बसमा यात्रुले काठमाडौंबाट दिल्ली पुग्न नेपाली रुपैया ३ हजार ६ सय ८० रुपैया मात्र तिरे पुग्छ । काठमाडौंबाट छुट्ने बसको रुट पनि सरकारीस्तरबाटै तय भएको छ । जस अनुसार काठमाडौंबाट भैरहवा हुँदै बस सुनौली पुग्नेछ । सुनौलीबाट अघि बढेको बस गोरखपुर, लखनउ हुँदै दिल्ली पुग्नेछ । अब दुबै देशका राजधानी सरकारी बस सेवाबाट जोडिएका छन् ।

१२ सय ५० किलोमिटरको दूरी पार गर्न चौविस घण्टा भन्दा बढि समय लाग्नेछ । नेपाल सरकारले आफ्नो अलग्गै बस नभएकाले यातायात व्यवसायी राष्ट्रिय महासंघलाई बस सन्चालनको जिम्मा दिनेछ । त्यसको सहजीकरण भने सरकारले गर्नेछ । तत्काललाई एउटा बस सन्चालन हुनेछ । दुवै देशका राजधानी जोड्ने सरकारी बसमा वाइफाइ फ्री सुबिधा दिने तयारी भइरहेको छ ।

यसअघि निजी क्षेत्रबाट बस सञ्चालन भए पनि यात्रु र सञ्चालकले धेरै झण्झट व्यहोर्नुपरेको गुनासो आएपछि दुई देशबीच सिधा बस सन्चालनको सम्झौता भएको हो । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आ आफ्नो झण्डा फहराएर शुरु गरेको सार्वजनिक बस सेवा सरकारले नै सन्चालन गर्नेछन् ।

उता नयाँ दिल्लीमा भारतीय यातायातमन्त्री नितिन गड्करीले सोही समयमा बस सेवा उद्घाटन गरेका थिए । उद्घाटन लगत्तै काठमाडौंबाट बस दिल्लीतर्फ गुडेको छ भने दिल्लीबाट एउटा बस काठमाडौं आइरहेको छ ।

बस सञ्चालनपछि भारतमा काम गर्ने नेपाली र नेपाल आउन चाहने पर्यटकहरुलाई फाइदा हुने अनुमान गरिएको छ । सार्क शिखर सम्मेलनमा सार्ककका सबै सदस्य राष्ट्रहरुमा स्वतन्त्र यातायात आवागमनका लागि सम्झौता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment