Comments Add Comment

जीवन र नीताको ‘केही पल’ (भिडियो)

jiwan-and-nita
चैत्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुन’को ‘केही पल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका मुख्य २ कलाकार जीवन लुइटेल र नीता ढुंगानालाई देख्न सकिन्छ । लक्की सिटौलाको संगीत तथा शब्द रहेको गीतमा मिलन अमात्यले स्वर भरेकी छिन् ।

गीतको कोरियोग्राफी प्रदिप श्रेष्ठले गरेका हुन् । रमणिय नगरी पोखराका दृश्यहरु कैद गरिएको गीतमा नीता र जीवनको प्रेम छलाङलाई देखाउन खोजिएको छ । सांगीतिक प्रेम कथाको यो चलचित्रमा कृष्ण पौडेलको निर्देशन छ ।

चलचित्रमा मालती शाह, श्रेया दुलाल, सुशिल शाह, मधुसुदन भट्टराई र विनोद भट्टको लगानी छ । चलचित्रमा मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment