Comments Add Comment

दक्षिण एशियालाई बुद्धिष्ट सर्किट बनाउन श्रीलंकाको प्रस्ताव

rajapakshe
फाइल फाेटाे

१० मंसिर, काठमाडौं । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

सार्क शिखर सम्मेलनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै राजपाक्षले भने-दक्षिण एशियालाई बुद्धिष्ट कल्चरल ट्रेल बनाउन सकिन्छ, यो क्षेत्रको शान्ति र सम्बृद्धिका लागि बुद्धिष्ट सर्किट बनाउँ ।

मंगलबार नेपाल उत्रिनासाथ बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका राजपाक्षले आफूलाई नेपाल आउन बुद्ध जस्मस्थलले प्रेरित गरेको बताए ।निकै गम्भिर र महत्वपूर्ण सन्देशसहितको मन्तव्य दिएका राजापाक्षेले श्रीलंकाको युद्धपछिको अवस्थाका बारेमा पनि संकेत गरे । उनले दक्षिण एशियाले अब आर्थिक सम्बृद्धि, दिगो विकास र रोजगार सिर्जना गर्ने लगानीमा सहकार्य गर्नुपर्ने बताए ।

उनले जलवायु परिवर्तनको चुनौतीसँग क्षेत्रीय शक्तिहरु एकजुट भएर विश्व समुदायसँग एउटै प्लेटर्फम मार्फत अघि बढ्नुपर्ने बताए । लिखित मन्तव्यबिना नै धाराप्रवाह बोलेका राष्ट्रपति राजापक्षले आर्थिक सहकार्य नै दक्षिण एशियाको विकासको चाबी हो भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment