Comments Add Comment

लोक गायक पशुपति शर्मा ‘जिरे खुर्सानी’मा हिरो

pasupati sharma 2

चर्चित लोकगायक पशुपति शर्माले अब हाँस्य टेलिश्रृङखला ‘जिरे खुर्सानी’ मा अभिनय गर्ने भएका छन् । र्‍याप गायक यमबुद्धले ‘जिरे खुर्सानी’ मा र्‍याप गाउन थालेपछि पशुपति शर्माको पनि प्रवेश भएको हो ।

अघिल्लो श्रृङ्खलादेखि पशुपति शर्मा जिरे खुर्सानीमा देखिन थालिसकेका छन् । निर्देशक जितु नेपालका अनुसार अब जिरे खुर्सानीमा यमबुद्धले गाउँका तन्नेरीहरुलाई र्‍याप संगीत सिकाउने छन् त्यसको काउण्टरमा पशुपतिले लोक गीतका वारेमा बोल्नेछन् ।

गाउँका तन्नेरीलाई लोकगीतको विषयमा जागरुक बनाउने उनको योजना छ । ‘दुबै विधाका गीत सुन्ने दर्शकको भावनालाई स्थान दिनका लागि दुई विधामा सक्रिय गायकलाई अभिनय गराएका हौं ।’ निर्देशक जितुले भने ।

सधै एउटै कलाकारलाई हेर्दा दर्शकलाई समेत दिक्क लाग्ला भनेर बेला-बेलामा विभिन्न क्षेत्रमा स्थापित कलाकारलाई कार्यक्रममा ल्याउने गरेको उनले बताए ।

यसअघि स्थापित हिरो हिरोइनलाई अभिनय गराइसकेका जितु अबका केही एपिसोड रमाइलो हुने बताउछन् । ‘गैर हाँस्य कलाकारको अभिनयले पनि दर्शक हाँसुन् भन्ने हाम्रो उद्देश्य हो ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment