Comments Add Comment

थाइल्याण्डको हस्पिटलद्धारा काठमाडौंमा सेवा विस्तार

Samitivej-Phert-Hospital-Agreement-in-nepal

१० मंसिर, काठमाडौं । दक्षिणपूर्वी एशियाका प्रशिद्ध अस्पतालमध्येको एक समितीभेज हस्पीटल्सले नेपालमा पनि सेवा विस्तार गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा रहेको अस्पतालले मंगलबारदेखि नेपालबाट पनि सेवा दिन सुरु गरेको हो ।

अस्पतालले नेपालीहरुलाई सेवा दिनको लागि स्थानिय प्रतिनिधिको रुपमा स्पीडवे फ्रेट सर्भिस प्रालिलाई तोकेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा अस्पतालका इन्टरनेशनल प्रोजेक्ट डिपार्टमेन्टका म्यानेजर लीनिन फिमसेनी र स्पीडवे फ्रेट सर्भिसका प्रबन्ध निर्देशक राजु श्रेष्ठबीच सहमतिपत्र आदान प्रदान भयो ।

उक्त कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत महामहिम कान्थोंग उनाकूल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

स्थानीय प्रतिनिधिको रुपमा स्पीडवेले सेवा लिन चाहने आवश्यक व्यक्तिहरुलाई सहयोग गर्नुका साथै समितीभेज अस्पतालको बारेमा विस्तृत जानकारी दिनेछ ।

त्यसैगरी आवश्यकता अनुसार समितीभेजमा विशेषज्ञ डाक्टरहरुको अप्वाइन्टमेन्ट लिने, थाइल्याण्डको भिसा प्रकृया मिलाउने, समितीभेज अस्पतालमा ट्र्रान्सफर सेवालगायत काम गर्नेछ ।

स्पीडवेले नेपाली विरामीहरुको लागि समितीभेज अस्पताल, थाइल्याण्ड जानको लागि आवश्यक ट्र्राभल तथा टिकट सेवाका साथै एयरपोर्ट सेवा पनि प्रदान गर्नेछ ।

स्पीडवेका प्रबन्ध निर्देशक राजु श्रेष्ठले ख्यातीप्राप्त समितीभेज अस्पतालको लागि नेपालमा स्थानिय प्रतिनिधिकोरुपमा काम गर्न पाउँदा खुसी लागेको बताए ।

‘अब नेपाली विरामीहरुले पनि ख्यातिप्राप्त समितीभेज अस्पतालको सेवा सहजरुपमा लिन सक्नेछन्’ उनले भने, ‘नेपाली बिरामीहरुले स्थानियस्तरमा नै आवश्यक सेवा र सल्लाह प्राप्त गर्ने हुँदा समय र पैसाको बचत हुने हाम्रो विश्वास छ ।’

समितीभेज अस्पतालको सेवा र जानकारी लिन चाहने नेपालीहरुको लागि ठमेलमा नेपाल प्रतिनिधि कार्यालय खोलिएको छ । उक्त कार्यालयबाट यस अस्पतालको सेवा र सुविधाको बारेमा सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment