Comments Add Comment

‘रंग बैजनी’लाई नुतनको साथ

nutan-pradhan
मंसिर १९ गतेबाट हलमा लाग्न लागेको चलचित्र ‘रंग बैजनी’को प्रचारका लागि यसकी लेखिका तथा निर्मात्री नुतन प्रधान नेपाल आएकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी नुतन सोमबार अमेरिकाबाट नेपाल आएकी हुन् ।

केही नेपाली चलचित्रमा समेत अभिनय गरेकी नुतनले ‘रंग बैजनी’को कथा लेखेकी हुन् । ‘पति शम्भु प्रधानलाई प्रचारमा साथ दिन आएकी हुँ’, नुतनले भनिन् । १२ बर्षपछि प्रधान दम्पत्तीले बनाएको यो चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे, दिकपाल कार्की लगायतका कलाकारको अभिनय छ ।

चलचित्र ‘सन्यास’ बनाएपछि प्रधान दम्पत्ती चलचित्र नगरीबाट टाढा भएका थिए । चलचित्रको प्रदर्शन पश्चात नुतन अमेरिकातिर लाग्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment