Comments Add Comment

झुण्डिएर यात्रा गर्दा बाटोमा खसेर मृत्यु

१० मंसिर, काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बा २ ख २६८७ नम्बरको बसबाट खसेर सिन्धुली कमलामाई नगरपालिका-११ का १९ वर्षीय निमेश बरालको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेपछि सोही बसले किच्दा बरालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बरालले बसको ढोकामा झुण्डिएर यात्रा गरेका थिए । चालक र बसलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment