Comments Add Comment

१ हजार हप्ता चलेपछि ‘दिलवाले दुल्हनिया ले जायंगे’को नयाँ ट्रेलर(भिडियो)

ddlg

बलिउडकको इतिहासमै सबैभन्दा लामो समय चलेको चलचित्र हो ‘दिल्वाले दुल्हनिया ले जायंगे’ । यो चलचित्र मुम्बइको मराठी मन्दिरमा अझै पनि चलिरहेको छ । १२ डिसेम्बर यो चलचित्रले आफ्नो प्रदर्शनको १ हजार हप्ता पुरा गर्दैछ ।

सन् १९९५ अक्टुबर २० तारिखबाट चलेको यो चलचित्र अझै पनि हलमा लागिरहेको छ । दर्शक अझै पनि यो चलचित्र हेर्नका लागि हलमा लाइनमा बस्ने गरेका छन् । चलचित्रले १ हजार हप्ता पुरा गरेको अवसरमा यसको निर्माण कम्पनी यशराज फिल्मस्ले नयाँ ट्रेलर सार्वजनिक गरेको छ ।

आदित्य चोपडाको निर्देशनमा बनेको यो चलचित्रलाई यश चोपडाले निर्माण गरेका हुन् । साहरुख खान, काजोलले अभिनय गरेको यो चलचित्रले प्रेमको भाषा सिकाउँछ । यही चलचित्रले बलिउडका वादशाह साहरुख खानलाई रोमान्सका वादशाह समेत बनाएको हो । चलचित्रले १ हजार हप्ता पार गरेको अवसरमा विभिन्न कार्यक्रम गर्ने तयारी यशराज ब्यानरले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment