Comments Add Comment

मोदीले अंग्रेजीमा सम्बोधन गरे, नवाजले पालो मिचे

Modi-in-kathmandu-for-SAARC-4
१० मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामासमेत हिन्दीमा भाषण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ औं सार्क शिखर सम्मेलनको उदघाटनका क्रममा बुधबार हिन्दीमा भाषण गरेनन् । मोदीले अंग्रेजीमा अलिखित भाषण गरेका छन् ।

सार्कको उदघाटनमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सुरुमै बोल्न दिइएको थियो । नवाजपछि श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले सम्बोधन गरे । त्यसपछि वर्णानुक्रममा आधारमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सम्बोधन गरे ।

वर्णानुक्रमका आधारमा पाकिस्तानी प्रधानमन्त्रीले मोदीभन्दा पछाडि बोल्नुपथ्र्यो । श्रीलंकाका राष्ट्रपतिको पालो पनि सबैभन्दा पछि आउनुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment