Comments Add Comment

खानेपानीका कर्मचारीको पारिश्रमिक बाह्र माना अन्न

१० मंसिर, सोलुखुम्बु । वर्षभरि काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङमा भने खानेपानी आयोजनाका कर्मचारीलाई पारिश्रमिकस्वरुप अन्न दिने गरिएको छ ।

सोताङ गाविस वडानम्बर १, २ र ३ का उपभोक्ताले खानीपानी आयोजनाका कर्मचारीलाई प्रतिघरधुरी १२ मानाका दरले अन्न उपलब्ध गराउँदै आएका छन् ।

बिहान २ घण्टा र बेलुका २ घण्टा धारामा पानी पठाउने, कतै समस्या आएर धारामा पानी नआए मर्मत गर्ने लगायतको काम गर्नका लागि दुई कर्मचारी राखिएको छ । ति कर्मचारीहरुको पारिश्रमिक भनेको १२ माना अन्न हो ।

ति कर्मचारीहरुको काम भनेको दिनमा दुईपटक धारामा पानी छाड्नुपर्छ र कतै समस्या आएमा मर्मत पनि गर्नुपर्छ ।

सोताङ गाविस कोसीपारिका गाविसमध्ये पानीका स्रोत कम भएको गाविसको रूपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment