Comments Add Comment

जादुगर अक्षय कुमार

akshya-kumar
चोर, पुलिस दखि भगवानको भुमिका समेत निर्वाह गरेका छन् बलिउड नायक अक्षय कुमारले । अब उनको पालो आएको छ जादुगर बन्ने । ६० को दशकका चर्चित जादुगर पीसी सरकारको जीबनीमा आधारित एक फिल्ममा अक्षयले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

यो फिल्म लेखक तथा निर्देशक सौमिक सेनले बनाउन लागेका हुन् । उनले यसअघि माधुरी दीक्षितलाइ लिएर बनाएको चलचित्र ‘गुलाब ग्याङ्ग’ ब्यबसायिक रुपमा असफल भएको थियो ।

निर्देशक सौमिकले पीसी सरकारका छोरासँग फिल्म बनाउने अनुमति लिइसकेका छन् । नायक अक्षय पनि नयाँ चरित्र निर्वाह गर्न पाएकोमा उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment