Comments Add Comment

टेलिकमको ‘एमसान’ सेवा सुरु

१० मंसिर, महेन्द्रनगर । नेपाल टेलिकम शाखा कार्यालय महेन्द्रनगरले मल्टी सर्भिस एक्सेस नेटवर्क (एमसान) सेवा सञ्चालनमा ल्याएको छ ।

NTCयहाँका दोधारा, भीमदत्तनगरपालिका क्षेत्रको गड्डाचौकी, ब्रहृमदेव, ऐरी, कृष्णपुरको गुलरिया, सुडाको लालपुर र दैजीमा सेवा विस्तार गरिएको छ ।

एमसानअन्तर्गत सेवा विस्तार गरेको क्षेत्रको दुई किलो मिटरको दूरीसम्म ताररहित फोन सेवा सञ्चालन गर्न सकिने टेलिकम शाखाका प्रमुख जगदीश लेखकले बताए ।

‘दुई किलोमिटरसम्मको दूरीमा फोन सेवाले प्रभावकारी रूपमा कार्य गर्ने भएकाले इन्टरनेटसमेत सहजै सञ्चालन हुने भएकाले सेवाग्राहीले सुविधा पाउँदछन्’ उनले भने ।

टेलिकम कार्यालयमा फोन सेवाका लागि रजिस्ट्रेसन गरेपछि इपेड सिस्टमबाट रिचार्ज गर्न सकिने सो सेवामा सुविधा रहेको छ ।

यो सेवा ग्राहकबीच लोकपि्रय बन्दै जान थालेकाले जिल्लाका अन्य स्थानमा जडान गरी टेलिफोन र इन्टरनेटको पहुँच अभिवृद्धि गर्दै लैजाने लक्ष्य लिइएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment