Comments Add Comment

पुरुषहरुले किन अध्यारोमा सम्भोग गर्न रुचाउँछन् ?

men

पुरुषहरु उज्यालो भन्दा अँध्यारोमा सम्भोग गर्न रुचाउँछन् । सम्भोगका लागि पुरुषले किन अँध्यारो ठाउँ रोज्छन् त ? यसको निकै रोचक कारण पत्ता लागेको छ ।

बेलायतका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार आफ्नो लत्रेको भुँडी देखाउन लाज लाग्ने हुनाले पुरुषहरु सम्भोगका लागि अँध्यारो रोज्ने गरेका हुन् । पार्टनरले सम्भोगका बेला आफ्नो भुँडी नदेखुन् भन्ने चाहना पुरुषमा हुन्छ । सोही चाहनाका कारण पुरुषहरु उज्यालोमा सम्भोग गर्न खासै रुची राख्दैनन् भन्ने दाबी शोधकर्ताहरुको छ ।

१ हजार ७७ जना बेलायती युवाहरुमा गरिएको अध्ययनले बत्ति बालेर वा उज्यालोमा सेक्स गर्दा पुरुषको आत्मविश्वास सबैभन्दा कम हुने देखाएको छ ।

घरेलु पोषण आपूर्ति सेवा डाइट शेफले गरेको अनुसन्धानबाट एक चौथाइ बेलायती पुरुषहरु आफ्नो जिउकै लाजले गर्दा सम्भोगका बेला बत्ति निभाउँछन् । आफुलाई लाजमर्दो बनाउने आफ्नै जिउका अंगहरुको नाम लिनुपर्दा धेरै बेलायती पुरुषहरुले आफ्नो भुँडीलाई सत्तोसराप गर्ने गरेको समेत देखिएको छ । ६४ प्रतिशत बेलायती पुरुषले आफ्नो भुँडी सबैभन्दा मन नपर्ने अंग रहेको बताएका इन्डिपेन्डेन्टले जनाएको छ ।

कण्डम उत्पादक कम्पनी ड्युरेक्सले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार बेलायती दम्पतीको यौन जिवनमा प्रविधिको बोलवाला बढ्दै गएको छ । ४० प्रतिशत बेलायतीहरुले प्रविधिका कारण आफ्नो यौन सम्बन्धमा नकारात्मक असर पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment