Comments Add Comment

थाइल्याण्डबाट नेपाली नियोग र एनआरएनको हातेमालो

NRN-Thailand

१० मंसिर, थाइल्याण्ड । नेपालको आर्थिक समुन्नतिको लागि विदेशस्थित नेपाली नियोग र एनआरएनबीचको सहकार्य थाइल्याण्डबाट सुरु भएको छ । नेपालको आर्थिक समुन्नतिको लागि थाइल्याण्डबाट केही महिना अगाडि मात्र सुरु भएको स्थानीय नेपाली नियोग र एनआरएन थाईल्याण्ड सहकार्य अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले यो अभियान विश्वभरि नै फैलाउन सके नेपालको आर्थिक उन्नतिमा प्रत्यक्ष प्रभाव पर्ने बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र थाइल्याण्डस्थित नेपाली समुदायबीच सोमवार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल सरकारले प्रवासमा बढ्दै गएको सीपयुक्त नेपाली जनशक्तिले देशको भविष्य हुन सक्ने बताए ।

गैरआवासीय नेपालीहरुको सकारात्मक योगदानलाई अहिले नै आंकलन गरेर एनआरएनलाई एक सशक्त साझेदारीको रुपमा उपयोग गर्नुपर्ने घलेको सुझाव छ । गैरआवासीय नेपाली संघ थाइल्याण्डद्वारा आयोजनामा बैंककस्थित हिमालय रेसिडेन्सको कन्फरेन्स हलमा भएको कार्यक्रममा बोल्दै घलेले एनआरएनको दिगो विकाशको लागि आफू लागि परेको उल्लेख गरे । उनले संस्थाका वर्तमान र भावी योजनाहरुकोबारेमा पनि प्रस्ट्याएका थिए ।

nrn-2सोही कार्यक्रममा बोल्दै कार्यबाहक राजदूत डोरनाथ अर्यालले एनआरएन थाइल्याण्डले बिगत एक वर्षमा नेपाली समुदायको हित र नेपालको पर्यटनको बिकाशमा उल्लेख्य योगदान पुर्याउन सफल भएको बताए ।

लागूपदार्थको कारोबार र मानब तस्करीमा भेटिएको नेपालीको संलग्नताले नेपालको नाम बिगि्रदै गएको र त्यसलाई सबैले मिलेर निरुत्साहित गरिनुपर्ने अर्यालले बताए । नेपाल सरकारको नीति अनुसार थाइल्याण्डमा एनआरएन लगायतका संस्थाहरुलाई समेटेर केही महिना अगाडी आर्थिक कुटनीतिक समिति स्थायी रुपमा गठन गरि अगाडी बढिरहेको छ । यो अभ्यास सम्भवतः विश्वमै पहिलो र नमूना कार्य भएको दाबी बक्ताहरुले गरे ।

त्यस्तै एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्ऽराज ढकालले बिगत एक बर्षमा नेतृत्व बिकाश तालिम, नेपाल महोत्सब, बुद्ध जयन्ती, जेल भिजिट, नेपाली भाषा प्रशिक्षण, एवम् नेपाली चाडपर्बहरुलाई नियमित मनाउने संस्कार सुरु गरेको बताए । एनआरएन थाइल्याण्डमा रहेका स्थानीय नेपाली संस्थाहरुको कार्यक्रमहरुलाई प्रोत्साहन र विकाश गर्न आफूहरुले प्राबिधिक सहयोग गरिरहेको पनि उनले जानकारी दिए ।

किङ् मोङ्ग्कुट युनिभर्सिटी अफ टेक्नोलोजीका सहायक डिनको रुपमा कार्यरत अध्यक्ष ढकालले चाडै नै शिक्षा क्षेत्र मा एक परियोजना लिएर नेपाल जाने योजना रहेको पनि खुलासा गरे ।

कार्यक्रममा युनिसेफ थाइल्याण्डका प्रमुख विजयराज भण्डारी, युनेस्क्याप थाइल्याण्डका मदन रेग्मी, थाई-नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेश हमाल, एनआरएन थाइल्याडका उपाध्यक्ष कुमार कर्की, एनआरएन थाइल्याण्डका सचिव अरुणराज भट्टराई, सहसचिब विश्व धिताल, सह कोषाध्यक्ष सागर लामा, सल्लाहकार एवं इन्जिनियर बिजय आचार्य लगायतले नेपालको सम्वृद्धिमा पुर्याउन सक्ने योगदानबारे चर्चा गरे ।

यस्तै, स्थानीय थाइ नेपालीका प्रतिनिधि एबम् एनआरएन थाइल्याण्डका संरक्षक डेविड खनाल, एनआरएन थाइल्याण्डका पूर्व उपाध्यक्ष रुपाली आचार्य, बैंककस्थित नेपाली मन्दिरका पण्डित अशोक घिमिरे, पताया साखाका संयोजक महेन्ऽ श्रेष्ठ, बैंकक शाखाका सचिव गणेश खनाल, स्थानीय नेपाली ब्यवसायी असाजिता अवाले, राकेश अग्रवाल, संजय ढकाल लगायतका नेपाली समुदायका प्रतिनिधिहरुले थाइल्याण्डस्थित नेपाली डाएस्पोराले नेपालको सम्वृद्धिमा पुर्याउन सक्ने योगदान र तत्काल नेपाल सरकारको नीतिगत तहमा देखिएका समस्याहरुका बारेमा आ-आफ्ना धारणा राखेका थिए ।

तीन पुस्ता अगाडीदेखि थाइल्याडमा बसोबास गर्दै आएका नेपालीलाई सरकारी एनआरएन कार्डमा नेपाली खुल्ने कगजाजको रुपमा थाई सरकारद्वारा इस्यू गरिएका कगजातहरुलाई मान्यता दिनुपर्ने र नेपाली मुलका थाई विद्यार्थीहरुलाई नेपालमा अध्ययनको लागि सहुलियत पुर्याउन एनआरएन भिसाको लागि पहल गरिदिन लिखित माग पनि राखिएको थियो ।

दुवै मागहरु उपयुक्त र देशलाई सकारात्मक प्रभाव पार्ने प्रकृतिका भएकोले आफूहरुले आवश्यक पहल गर्ने अध्यक्ष घले, कार्यबाहक राजदुत अर्याल र एनआरएन थाइल्याडका अध्यक्ष ढकालले प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रम एनआरएन थाइल्याडका सचिव अरुणराज भट्टराईले संचालन गरेका थिए ।

यसैबीच, कार्यक्रममा करिब पाँच लाख नेपाली रुपैयाँ काठमाडौमा एनआरएनए भवन निर्माणको लागि को थाइल्याण्डबाट सहयोग जुटेको अध्यक्ष घलेले जानकारी दिए । अन्तरक्रिया लगत्तै अध्यक्ष घलेको सम्मानमा रात्रिभोजको पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment