Comments Add Comment

मोदीको चुनाव क्षेत्रमा तीन लाख नक्कली मतदाता

narendra-modi-aajtak

१० मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितेको संसदीय क्षेत्र वाराणसीमा ३ लाख ११ हजार ५७ नक्कली मतदाता फेला परेका छन् । यो तथ्य बाहिर आएपछि मोदीलाई समस्या आइलागेको भारतीय मिडियामा चर्चा सुरु भएको छ ।

बनारसबाट बीजेपी नेता नरेन्द्र मोदीले आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७ सय ८४ मतको अन्तरले हराएका थिए । भारतीय मिडियाका अनुसार जिल्ला प्रशासनले फर्जी मतदाताको संख्या ६ लाख नाघ्ने अनुमान गरेको छ ।

मोदीले धाँधली गरेर चुनाव जितेको आम आदमी पार्टीले आरोप लगाउँदै आइरहेका बेला ठूलो संख्यामा नक्कली मतदाता भेटिएका हुन् । नक्कली मतदाताले विधानसभाको चुनावमा पनि सूचीमा नाम दर्ता गरेको बताइएको छ ।

मोदीको चुनाव क्षेत्रमा भेटिएका नक्कली मतदाताबारे आजतकले लेखेको छ- ‘लाखौंको संख्यामा फर्जी मतदाताको खुलासा त्यतिबेला भयो, जब चुनाव आयोगको निर्देशनपछि जिल्ला प्रशासनले मतदाता नामावलीको पुनः परीक्षण अभियान सुरु गर्‍यो ।’

तस्वीर : आजतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment