Comments Add Comment

सार्कमा राजा वीरेन्द्रलाई बिर्सिएको कमल थापाको गुनासो

Kamal-thapa-new१० मंसिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्क शिखर सम्मेलनको अध्यक्षता गरेका प्रधानमन्त्री सुशील कोइरालाले तत्कालीन राजा वीरेन्द्रको स्मरण नगरेको भन्दै आपत्ति जनाएका छन् ।

सार्क शिखर सम्मेलन उदघाटन समारोह समापन लगत्तै ट्वीट गर्दै थापाले सार्क स्थापनामा महत्वपूर्ण योगदान दिने राजा वीरेन्द्रको चर्चा नगरेकोमा आश्चर्य प्रकट गरेका हुन् ।

थापाले भने-प्रम कोइरालाले सार्क सम्मेलनमा सम्बोधन गर्दा सार्क स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजा वीरेन्द्रको चर्चा नगर्नु आश्चर्यजनक छ ।

सन् १९८५ मा सार्क स्थापना गर्न नेपालका तत्कालीन राजा वीरेन्द्रको विशेष योगदान रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment