Comments Add Comment

आर्यन डेढ महिना वैशाखीमा, पुरानै अवस्थामा फर्कन १ बर्ष लाग्ने

फायल तस्वीर
फायल तस्वीर

चलचित्र ‘किस्मत’को छायांकनदेखि सुरु भएको घुँडाको समस्याबाट छुटकारा पाउन नायक आर्यन सिग्देललाई अझै १ बर्ष लाग्ने भएको छ । शनिबार चिरायू अस्पतालमा आर्यनले घुँडाको लिगामेन्ट्सको अप्रेशन गरेका छन् । आजबाट बल्ल केही बोल्न सक्ने अवस्थामा रहेका आर्यनले अनलाइनखबरसँग कुरा गर्दै भने-‘डेढ महिना पुरै वैशाखीको साहाराले हिड्नुपर्छ । घुँडा पुरानै अवस्थामा र्फकन १ बर्ष लाग्छ ।’
आर्यनले १ महिनापछि चलचित्र ‘होमवर्क’मा काम गर्नेछन् । यो चलचित्रमा बसेर संवाद बोल्नुपर्ने दृश्य धेरै भएकाले काम गर्न लागेको आर्यनले बताए । आर्यनलाई अन्य चलचित्रमा काम गर्न अझै ३ महिना लाग्नेछ ।
आर्यनले घुँडाको अप्रेशनसँगै फुटेका हड्डी समेत मिलाएको बताए । अप्रेशनको समयमा निक्कै गाह्रो भएको उनको भनाई छ । चलचित्र ‘आवेग’को छायांकनको समयमा एक्सनको दृश्य गर्दै गर्दा आर्यनको घुँडामा समस्या देखिएको थियो ।
आर्यनको हातमा यतिबेला दर्जन बढी चलचित्र छन् । आर्यनले अप्रेशन गरेपछि सबै चलचित्रको छायांकन मिति पर सर्ने देखिन्छ । उनको यो बर्ष मात्र अझै ५ वटा चलचित्र प्रदर्शनको तयारीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment