Comments Add Comment

सेनाले खाँदा सार्क सुरक्षाका प्रहरीले मुख मिठ्याए

NEPAL-POLICE-SECURITY-FOR-S१० मंसिर, काठमाडौं । सार्कको सुरक्षामा चौबीसै घण्टा स्टान्डबाई रहेका उपत्यकाका विभिन्न युनिटका प्रहरीले समयमा खाना खान नपाएको गुनासो गरेका छन् ।

बिहान ४ बजेदेखि ड्युटीमा खटिने प्रहरीले खाजा र खाना खान समेत नपाएको र पालो प्रणाली पनि नराखिएको भन्दै गुनासो गरेका छन् ।

‘सँगै ड्युटीमा रहेका सैनिक जवानका लागि गाडीमा खाना आउँछ, उनीहरु पालो गरेर खाना खान्छन्, हामी भने मुख मिठ्याउँदै हेरेर बस्नुपर्छ’ एक प्रहरी कर्मचारीले भने ।

सार्क सुरक्षामा खटिने प्रहरीलाई दैनिक चार सय भत्ता दिने भनिएको छ । त्यही भत्ताबाट खाना खाजाको पैसा कटाएर दिने भनिएको छ ।

तर, प्रहरी प्रवक्ता डीआइजी माधव जोशीले भने मंगलवार खाना समयमै पुर्‍याउन नकिएको भए पनि बुधवार त्यस्तो समस्या नरहेको बताए ।

‘सँगै ड्युटीमा रहेका सैनिक जवानका लागि गाडीमा खाना आउँछ, उनीहरु पालो गरेर खाना खान्छन्, हामी भने मुख मिठ्याउँदै हेरेर बस्नुपर्छ,’ एक प्रहरी कर्मचारीले भने ।

‘हिजो कतिपय ठाउँमा बाटो खाली गराउने क्रममा समयमै खान नपाएको सत्य हो । तर, आज त्यस्तो छैन होला,’ प्रवक्ता जोशीले अनलाइनखबरसँग भने, ‘फेरि सेनाको जस्तो एकै ठाउँमा प्रहरी हुँदैनन्, उनीहरु सबैतिर बाँडिएका हुन्छन् ।’

उनले अहिलेसम्म चार सय दैनिक भत्ता दिने निर्णय नभएको बताए । एक सय पचास रुपैयाँ भत्ता दिने भनिएकोमा त्यसले नपुग्ने गुनासो आएकाले थप्नका लागि प्रयास भइरहेको बताए ।

पीएसओ हेडक्वार्टर तानिए
प्रहरी हेडक्वार्टरले भीभीआइपी र भीआइपीको सुरक्षामा खटिएका करीब एक सय प्रहरीलाई सार्कको व्यस्त समय पारेर हेडक्वार्टरको एक नम्बर गणमा तानेको छ ।

प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाका एसएसपी शिव लामिछानेले विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका पीएसओ (अंगरक्षक)हरुलाई कार्यस्थलबाटै फिर्ता बोलाएको स्रोतले जनाएको छ ।

फिर्ता बोलाइएका सबै करीव एक सय अंगरक्षकहरुलाई एक नम्बर गणमा भीड नियन्त्रण तालिमका लागि खटाइएको स्रोतले जनाएको छ । अचानक सामुहिकरुपमा फिर्ता बोलाइएपछि उनीहरु असन्तुष्ट बनेका छन् ।

विशिष्ठ व्यक्तिको अंगरक्षक लामो समयसम्म बस्दा उनीहरुले अनावश्यक पावर लगाउने, हाकिमहरुलाई नै नटेर्ने जस्ता गुनासा बढेपछि एकैसाथ फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

सार्कको चटारोमा सबै विशिष्ठ व्यक्तिहरु व्यस्त रहेका बेला दबाब समेत नआउने भएकाले उनीहरुलाई तानिएको हो ।

पीएसओबाट फिर्ता लगिएकाहरुमा हवल्दारदेखि प्रहरी निरीक्षकसम्मका रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment