Comments Add Comment

चार महिनामा साढे ३७ अर्ब राजश्व असुली, लक्ष्यभन्दा २७ करोड बढी

१० मंसिर, काठमाडौं । आन्तरिक राजश्व विभागले कार्तिक महिनासम्म ३७ अर्ब ६८ करोड १४ लाख रुपैयाँ राजश्व असुली गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो ।

IRD-Nepalसरकारले विभागलाई यस अवधिमा ३७ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य दिएको थियो । विभागले सबैभन्दा बढी आयकर उठाउन सफल भएको जनाएको छ ।

विभागले १६ अर्ब २८ करोड २९ लाख रुपैयाँ आयकर असुली गरेको छ भने १२ अबए २७ करोड १७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर, ८ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ अन्तःशुल्क असुली गरेको छ ।

त्यसैग्रि, १३ करोड १७ लाख रुपैयाँ शिक्षा सेवा शुल्क, १८ करोड ४ लाख रुपैयाँ स्वास्थ्य सेवा कर असुली गरेको जनाएको छ । आयकर, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क लक्ष्यअनुसार असुली भएपनि मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लक्ष्यअनुसार असुली हुन सकेन ।

समिक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा आयकर २८ प्रतिशत, मूल्य अभिवृद्धि कर १५ प्रतिशत, अन्तःशुल्क १५ प्रतिशत, स्वास्थ्य सेवा कर २६ प्रतिशत र शिक्षा सेवा शुल्क ७ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक चुडामणि शर्माले राजश्व असुली नियमित गर्न, बक्यौता असुलीमा जोड दिन, विभागको वेभसाइट पुननिर्माण गरी स्तरोन्नति गर्न, मूल्यअभिवृद्धि कर निर्देशिकालाई संशोधन एवं परिमार्जन सहित जारी गर्न कर प्रशासनका र्कचारीहरुलाई निर्देशन दिए ।

Sector Target (Rs bln) Collection (Rs. bln) Achievement (%) Growth Rate (%)
Income Tax 10.81 13 120.26 34.54
Rental Income Tax 1.58 0.73 46.19 14.11
Interest Income Tax 3.03 2.55 84.2 6.11
Total Income Tax 15.42 16.28 105.58 28.14
VAT (domestic) 12.59 12.27 97.42 14.54
Excise (domestic) 9.1 8.81 96.81 15.15
Education Service Fee 0.13 0.13 100.77 6.62
Health Service Tax 0.16 0.18 108.26 25.91
Grand Total 37.42 37.68 100.7 20.22

२० अर्बभन्दा बढी वास्तविक असुल गर्नुपर्ने बक्यौता रहेकाले त्यस्तो रकम उठाउनेतर्फ लाग्न र बजारमा गएर बील बिजकको निरीक्षण गर्न महानिर्देशक शर्माले निर्देशन दिएका हुन् ।

शर्माले १ लाख रुपैयाँ भन्दा बढी बक्यौता राख्ने करदाताहरूको अभिलेख अद्यावधिक गरी असुल गर्ने, कानुनी कारवाही गरी आयकर तथा मूल्य अभिवृद्धि कर असुल गर्ने, बक्यौता अभिलेख अद्यावधिक गर्ने र लगत कट्टा गरी बक्यौता रकम घटाउने, कर परीक्षण गर्न छनोट गरिएका करदाताहरूको अविलम्ब कर परीक्षण सम्पन्न लगायतका निर्देशनहरु दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment